कृषिमा विदेशी लगानी भित्र्याउने सरकारी निर्णय नसच्याए विरोधमा कृषि उद्यमीहरूले आन्दोलनको चेतावनी दिएका छन् । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा कृषिमा वैदेशिक लगानी निषेध भए पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले खुला गरिदिने निर्णय गरेपछि उद्यमीहरूले चरणबद्ध आन्दोलन गर्न लागेका हुन् ।