२०७४ सालको स्थानीय तहको निर्वाचनमा वैकल्पिक राजनीतिको मुद्दा बोकेर विवेकशील नेपाली दल हेटौँडामा पनि प्रवेश गर्यो । देशमा संघीयता आएपछिको पहिलो निर्वाचनमा अन्य दलहरू भन्दा आफू फरक रहेको दाबी गर्दै विवेकशील नेपाली र नेकपा माओवादी केन्द्रबाट विभाजित डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीले बागमती प्रदेशको राजधानी हेटौँडामा पनि आफ्नो प्रचार प्रसार राम्रै गरेको थियो । दुवै दलहरूले हेटौँडासहित मकवानपुरका अन्य स्थानीय तहमा पनि आफ्नो सञ्जालहरू विस्तार गर्ने क्रम तीव्र पारेको थिय