करिब ५ हजार मत गन्दा रेनु दाहालको अग्रता कायमै, उपमेयरमा चित्रसेनको भारी मतान्तर

भरतपुर महानगरपालिकामा करिब ५ हजार मतपत्र गणना सकिएको छ । आइतबार साढे २ बजेको मतगणनाअनुसार मेयरकी उम्मेदवार रेनु दाहालले १७२७ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै विजय सुवेदीले १६४७ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ५७९ मत पाएको छ । यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले भारी मतान्तर बनाएका छन् । उनले १८९५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १३३३ मत पाएकी छन् । 

सम्बन्धित सामग्री

सुवास नेम्वाङको अग्रता कायमै

इलाम २ मा एमालेका  उम्मेदवार सुवास नेम्वाङको अग्रता कायमै छ । नेम्वाङले २३ हजार १५० मत पाउँदा कांग्रेसका डम्बर बहादुर खड्काले पछ्याइरहेका छन् ।  नेम्वाङ र खड्का बीचको मतान्तर १३३३ रहेको छ । हालसम्म इलाम २ मा ५२ हजार २४७ मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कैलाली-१ मा नागरिक उन्मुक्तिकी श्रेष्ठको अग्रता कायमै

७ मंसिर, कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्‍मेदवार रञ्जिता श्रेष्ठले अग्रता कायमै राखेकी छिन् । श्रेष्ठले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार रामजनम चौधरीसँग ७ हजार २२५ मतान्तर कायम गरेकी हुन् । ३७ हजार ७१४ मत गन्दा रञ्जिताले १८ हजार ३८३ मत पाउँदा रामजनमले ११ हजार १५८ मत ल्‍याएका छन् ।

सूर्य थापाको अग्रता कायमै : मतान्तर घटाउँदै दुर्गा

प्युठान - सुरुवातदेखि नै अग्रता कायम गरेका नेकपा एमालेका उम्मेदवार सूर्य थापाको मतान्तर घट्न थालेको छ । झिमरुक गाउँपालिकाको मत गणना सकिँदा गठबन्धनका उम्मेदवार दुर्गा पौडेलले मतान्तर घटाउनु भएको हो । अहिले सूर्य थापाले २२ हजार १२३ र दुर्गा पौडेलले १८ हजार ८०८ मत प्राप्त गर्नुभएको छ । दुई उम्मेदवार बीचको मतान्तर ३ हजार ३१५ मतान्तर रहेको छ । यसअघि गौमुखी गाउँपालिका, सरुमारानी गाउँपालिका, नौबहिनी गाउँपालिका र ऐरावती गाउँपालिकाको मत गणना सकिँदासम्म ४ हजार ६७६ मतान्तर रहेको थियो। जिल्लाको ६४ वटा वडा रहेको...

अर्घाखाँचीमा टोपबहादुरको अग्रता कायमै, पछ्याउँदै पुष्पा भुसाल

६ मंसिर, अर्घाखाँची । अर्घाखाँचीमा नेकपा एमालेका टोपबहादुर रायमाझीको अग्रता कायमै राखेका छन् । नेपाली कांग्रेसकी पुष्पा भुसाललाई पछि पार्दै रायमाझीले आफ्नो अग्रता कायमै राखेका हुन् । पछिल्लो मतपरिणाम अनुसार रायमाझीले ७ हजार ४४५ मत पाएका छन् भने काँग्रेसकी भुसालले ५  हजार १८६ मत पाएकी छन् । रायमाझी र भुसालको मतान्तर २  हजार २५९ रहेको […]

काठमाडौँ २ मा सोविताको अग्रता कायमै, ओनसरीले मतान्तर घटाइन्

काठमाडौँ – काठमाडौँ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायमै राखेकी छिन्। १५ सय मत गणना हुँदा गौतमले ४८७ पाएकी छिन्। एमालेका मणिराम फुयाल ३१७ मतका साथ दोस्रो स्थानमा छन्। गठबन्धनबाट उम्म्दवारी दिएकी माओवादीकी ओनसरी घर्तीले ३०३ ल्याएकी छिन्। यसअघि फुयाल र घर्तीको मतान्तर ३४ भएको मा थप १०० मत गन्दा मतान्तर १४ […]

बुढीगंगामा एमालेको अग्रता कायमै, मतान्तर भने घट्यो

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता कायमै राखेको छ । ७ हजार ४१७ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ३ हजार ८८१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका काँग्रेसका रंगबहादुर खातीले ३ हजार १०१ मत ल्याएका छन् । उनीहरूबीच ७८० मतको फरक छ । अब १ हजार ७११ मत गन्न बाँकी […]

पोखरामा आचार्यको अग्रता कायमै

काठमाडौँ । पोखरा महानगरपालिकामा ७२ हजार ९१८ मत गन्दा गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । आचार्यले २९ हजार ८०६ मत ल्याउँदा एमालेका कृष्ण थापाले २६ हजार ३६५ मत पाएका छन् । आचार्य र थापाबिचको मतान्तर ३४४१ रहेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस) ले १९६६ मत ल्याएका छन् । […]

धनगढी उपमहानगरमा हमालको अग्रता कायमै

कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार जम्मा २९५३ मत गणना हुँदा हमालले १३८६ मत प्राप्त गरेका हुन् । हमाल र नेपाली काँग्रेसका नृपबहादुर वडबीचको मतान्तर ५७९ रहेको छ । यसैगरी काँग्रेसका वडले ८०७ मत प्राप्त गरेका छन् । धनगढीमा नेकपा एमालेका रणबहादुर चन्दले १४३ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ माओवादी केन्द्रकी शान्ति अधिकारीले ६८१ मत प्राप्त गरेकी छन् । एमालेकी कन्दकला रानाले ३८४ र स्वतन्त्र उम्मेदवारले ३४० मत प्राप्त

काठमाडौंमा झन्डै दोब्बर मतसहित बालेनको अग्रता कायमै

काठमार्डौं, जेठ १ । काठमाडौं महानगरपालिकाको मतगणनाको पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल ४४५३ मत गणना गर्दा बालेनले १५८७ मत प्राप्त गरेका हुन्। सुरुआतदेखि नै अग्रता लिएका साहले मतान्तर बढाउँदै लगेका छन्। राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाममा नेकपा (एमाले) का उम्मेदवार केशव […]

बुटवलमा काङ्ग्रेसको अग्रता कायमै

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली काङ्ग्रेसको अग्रता कायमै छ। बुटवल वडा नम्बर १ मा सबै १९ सय ७४ मत गणना गर्दा काङ्ग्रेसबाट मेयरका उम्मेदवार खेलराज पाण्डेले ८ सय ४३ मत ल्याएका छन्।  राप्रपामा उम्मेदवार मृगेन्द्र शेरचन दोश्रो छ । उनी र पाण्डे बीच ४ सय २९ मतान्तर रहेको छ। शेरचनको पक्षमा ४ सय १४ मत खसेको छ ।अघिल्लो पटकको बिजेता एमाले तेस्रो स्थानमा रहेको छ। एमालेका बाबुराम भट्टराईले ३ सय ४० मत ल्याएका छन्। पाण्डे भन्दा ५०३ मतले कम ल्याएर उनले पिछा गरिरहेका छन् । बुटवलमा अहिले वडा नम्बर