काठमाडौं, २१ माघ । नेपाल राष्ट्र बैंकले अपरिचित व्यक्तिले आफ्नो बैंक खाताको बारेमा जानकारी मागेमा नदिन सर्वसाधारणलाई आग्रह गरेको छ। नक्कली फेसबुक पेजबाट सम्पर्क गरी खाताबारे जानकारी लिने र पैसा झिक्ने गरेको घटना बढ्न थालेपछि राष्ट्र बैंकले सर्वसाधारणलाई यस्तो आग्रह गरेको छ । मोबाइल बैङ्किङमार्फत पासवर्ड र ओटीपी नम्बर मागेर पैसा झिक्ने गरेको भन्दै केन्द्रीय […]