फ्रान्समा निवृत्तिभरणको उमेर बढाइयो

पेरिस– व्यापक विरोधकाबीच फ्रान्समा निवृत्तिभरण प्राप्तिको उमेर बढाइएको छ । निवृत्तिभरण प्राप्तिको विद्यमान ६२ वर्षलाई बढाएर ६४ वर्ष कायम गरिएको छ ।  राष्ट्रपति इमानुएल माक्रोँले निवृत्तिभरण प्राप्तिको उमेर वृद्धिसम्बन्धी कानुनमा आज बिहान हस्ताक्षर गरेसँगै त्यो आगामी सेप्टेम्बरदेखि लागू हुनेछ । देशको शीर्ष संवैधानिक परिषद्ले पेन्सन पाउने उमेर ६४ वर्ष हुनुपर्ने प्रस्तावित कानुनलाई अनुमोदन गरेको केही […]

सम्बन्धित सामग्री

अवकाशको उमेर र पेन्सन

अवकाशप्राप्त सरकारी कर्मचारीलाई पेन्सन खुवाउन समस्या हुन थालेको छ । प्रत्येक वर्ष ५ प्रतिशत पेन्सन खाने कर्मचारी थपिने गरेका छन् भने कर्मचारीको तलबभत्ता बढ्दा पेन्सन रकम पनि बढ्ने गरेको छ । यसले गर्दा सरकारले पेन्सनको भारी बोक्नै नसक्ने अवस्था आएको छ । यसरी सरकारमाथि दबाब थपिए पनि यसलाई केही मात्रामा सम्बोधन गर्ने अवकाश उमेर बढाउने विषयलाई भने सरकारले बेवास्ता गर्दै आएको छ जुन गलत हो ।  विश्वभरि नै कति वर्ष उमेर भएपछि अवकाश पाउने हो भन्नेमा विवाद छ । अहिले फ्रान्समा पेन्सन पाउने उमेर ६२ बाट ६४ बनाउँदा त्यहाँ ठूलो विरोध भइरहेको छ । यसको अर्थ के हो भने मानिसहरू चाँडो अवकाश लिएर पेन्सन खान रुचाउने रहेछन् । नेपालमा पनि यस्तै भएको हुन सक्छ । त्यसैले सरकारी कर्मचारीको अवकाश उमेर बढाउने विषयमा खासै प्रगति हुन नसकेको हो भन्न सकिन्छ ।  अहिले निजामती विधेयकमा अवकाश उमेर ५८ बाट बढाएर ६० बनाउन प्रस्ताव गरिएको छ । तर निर्णयमा कहिले पुग्न सकिन्छ भन्नेमा टुंगो छैन । नेपालमै प्राध्यापकहरूको अवकाश पाउने उमेर ६३ र न्यायाधीहरूको उमेर ६६ भएको सन्दर्भमा निजामती सेवामा ६० वर्षमात्र प्रस्ताव किन गरिएको हो बुझ्न सकिँदैन ।  नेपालमा जति बेला औसत आयु अहिलेको भन्दा निकै कम थियो त्यतिबेला अवकाश पाउने उमेर ६० थियो । अहिले विभिन्न कारणले औसत उमेर झन्डै दोब्बर हुन लागेको अवस्थामा भने अवकाश पाउने उमेर ५८ राखिएको छ । कर्मचारीले चाँडै अवकाश पाउँदा नयाँ कर्मचारी भर्ना गर्नुपर्ने हुन्छ । यसबाट एकातिर सरकारले अनुभवी कर्मचारी गुमाउनु परेको छ भने अर्कातिर व्ययभार पनि बढेको छ । यही कारण पेन्सनमा राज्यको भार बढ्दो छ । यसलाई रोक्न अनिवार्य अवकाशको उमेर बढाउनु जरुरी छ ।  त्यसो त केहीले पुराना कर्मचारीलाई बिदा गर्दा नयाँले अवसर पाउने भएकाले रोजगारी सृजना हुने तर्क पनि गर्छन् । नयाँ जोशजाँगरका कर्मचारीबाट परिणाम राम्रो आउने विश्लेषण समेत नभएको होइन । तर, नेपालको सन्दर्भमा यी कुनै पनि कुरा प्रमाणित भएका छैनन् । सरकारको व्ययभार बढेको चाहिँ साँचो हो ।  सरकारी कोषबाट पेन्सन खाने कर्मचारीमा निजामती, प्रहरी, सेना, शिक्षक र न्यायालयका कर्मचारी आदि छन् । पेन्सनको बढ्दो भार थेग्न गाह्रो भएपछि सरकारले योगदानमा आधारित पेन्सनको योजना ल्याएको छ । तर, त्यसमा अझै अस्पष्टता छ । निजी क्षेत्रलाई पनि पेन्सन दिने लक्ष्यका साथ स्थापना गरिएको सामाजिक सुरक्षा कोष सफल हुन सकेको छैन । सरकारी कर्मचारीलाई उसको योगदानको ठूलो हिस्सा सरकारले ब्यहोर्ने व्यवस्था गरिनु तर निजी क्षेत्रमा भने कामदारले योगदान दिएर पनि चित्तबुझ्दो गरी प्रतिफल राम्रो नपाउने भएपछि कोषमा कर्मचारीको आकर्षण देखिएको छैन ।  नेपालमा कर्मचारीको अनिवार्य अवकाश पाउने उमेर कति पुर्‍याउने र कसरी पुर्‍याउने भन्नेमा विवाद छ । सरकारले तयार पारेको निजामती सेवा विधेयकमा ६० वर्ष पुर्‍याउने प्रस्ताव गरिएको छ । तर, अहिलेको सन्दर्भमा यो उमेर ६५ पुर्‍याउन सकिन्छ र पुर्‍याउनु पनि पर्छ । यसो हुँदा निवृत्त हुने कर्मचारीको संख्या कम बढ्छ । नेपालमा कर्मचारीको कार्यशैली परिणाममुखी छैन । एउटा कार्यालयमा बसेर त्यसमा उसले राम्रो जानकारी र अनुभव हासिल गरेपछि अवकाश पाउने उमेर भइसक्छ । उसको ठाउँमा नयाँ कर्मचारी आउँछ जसले तत्कालै काम अघि बढाउन सक्दैन । यदि कर्मचारीको अवकाश पाउने उमेर बढाइयो भने यस्ता अनुभवीले केही वर्ष थप काम गर्न पाउँदा परिणाम दिन सक्छन् ।  अर्को, एकैपटक उमेर हद बढाउँदा समस्या पनि आउन सक्छ । त्यसलाई सम्बोधन गर्न नियुक्ति दिएको मितिका आधारमा विभिन्न मापदण्ड बनाएर बिस्तारै उमेर थप्न सकिन्छ । यसतर्फ सरकारको ध्यान जानै पर्छ ।  समयमा निर्णय नगर्ने हो भने समस्या थपिँदै जान्छन् ।

विरोधबीच निवृत्तिभरणको उमेर बढाइयो

निवृत्तिभरण प्राप्तिको विद्यमान ६२ वर्षलाई बढाएर ६४ वर्ष कायम गरिएको छ ।

फ्रान्समा व्यापक विरोधका बीच निवृत्तिभरणको उमेर बढाइयो

एजेन्सी । व्यापक विरोधका बीच फ्रान्समा निवृत्तिभरण प्राप्तिको उमेर बढाइएको छ । निवृत्तिभरण प्राप्तिको विद्यमान ६२ वर्षलाई बढाएर ६४ वर्ष कायम गरिएको छ ।

व्यापक विरोधका बीच निवृत्तिभरणको उमेर बढाइयो

पेरिस । व्यापक विरोधकाबीच फ्रान्समा निवृत्तिभरण प्राप्तिको उमेर बढाइएको छ । निवृत्तिभरण प्राप्तिको विद्यमान ६२ वर्षलाई बढाएर ६४ वर्ष कायम गरिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोँले निवृत्तिभरण प्राप्तिको उमेर वृद्धिसम्बन्धी कानुनमा आज बिहान हस्ताक्षर गरेसँगै त्यो आगामी सेप्टेम्बरदेखि लागू हुनेछ । देशको शीर्ष संवैधानिक परिषद्ले पेन्सन पाउने उमेर ६४ वर्ष हुनुपर्ने प्रस्तावित कानुनलाई अनुमोदन गरेको […]

लिमीमा सार्वजनिक विकासको काम गर्न पाउने उमेर बढाइयो

नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन गाउँमा सार्वजनिक विकासका काम गर्न पाउने उमेर बढाईएको छ ।

दोस्रो डोज खोप लगाउने अवधि फेरि बढाइयो, १२ देखि १६ हप्ता भित्र लगाउने निर्णय

कोभिसिल्ड खोप लगाएका ती उमेर समुहलाई भारतले समेत नयाँ गाइडलाइन अनुसार १२ देखि १६ हप्ता भित्र दोस्रो मात्रा दिने गरी तयारी गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले बताए।

व्यापक विरोधका बीच फ्रान्समा निवृत्तिभरणको उमेर बढाइयो

व्यापक विरोधका बीच फ्रान्समा निवृत्तिभरण प्राप्तिको उमेर बढाइएको छ । निवृत्तिभरण प्राप्तिको विद्यमान ६२ वर्षलाई बढाएर ६४ वर्ष कायम गरिएको छ ।