अवकाशको उमेर र पेन्सन

अवकाशप्राप्त सरकारी कर्मचारीलाई पेन्सन खुवाउन समस्या हुन थालेको छ । प्रत्येक वर्ष ५ प्रतिशत पेन्सन खाने कर्मचारी थपिने गरेका छन् भने कर्मचारीको तलबभत्ता बढ्दा पेन्सन रकम पनि बढ्ने गरेको छ । यसले गर्दा सरकारले पेन्सनको भारी बोक्नै नसक्ने अवस्था आएको छ । यसरी सरकारमाथि दबाब थपिए पनि यसलाई केही मात्रामा सम्बोधन गर्ने अवकाश उमेर बढाउने विषयलाई भने सरकारले बेवास्ता गर्दै आएको छ जुन गलत हो ।  विश्वभरि नै कति वर्ष उमेर भएपछि अवकाश पाउने हो भन्नेमा विवाद छ । अहिले फ्रान्समा पेन्सन पाउने उमेर ६२ बाट ६४ बनाउँदा त्यहाँ ठूलो विरोध भइरहेको छ । यसको अर्थ के हो भने मानिसहरू चाँडो अवकाश लिएर पेन्सन खान रुचाउने रहेछन् । नेपालमा पनि यस्तै भएको हुन सक्छ । त्यसैले सरकारी कर्मचारीको अवकाश उमेर बढाउने विषयमा खासै प्रगति हुन नसकेको हो भन्न सकिन्छ ।  अहिले निजामती विधेयकमा अवकाश उमेर ५८ बाट बढाएर ६० बनाउन प्रस्ताव गरिएको छ । तर निर्णयमा कहिले पुग्न सकिन्छ भन्नेमा टुंगो छैन । नेपालमै प्राध्यापकहरूको अवकाश पाउने उमेर ६३ र न्यायाधीहरूको उमेर ६६ भएको सन्दर्भमा निजामती सेवामा ६० वर्षमात्र प्रस्ताव किन गरिएको हो बुझ्न सकिँदैन ।  नेपालमा जति बेला औसत आयु अहिलेको भन्दा निकै कम थियो त्यतिबेला अवकाश पाउने उमेर ६० थियो । अहिले विभिन्न कारणले औसत उमेर झन्डै दोब्बर हुन लागेको अवस्थामा भने अवकाश पाउने उमेर ५८ राखिएको छ । कर्मचारीले चाँडै अवकाश पाउँदा नयाँ कर्मचारी भर्ना गर्नुपर्ने हुन्छ । यसबाट एकातिर सरकारले अनुभवी कर्मचारी गुमाउनु परेको छ भने अर्कातिर व्ययभार पनि बढेको छ । यही कारण पेन्सनमा राज्यको भार बढ्दो छ । यसलाई रोक्न अनिवार्य अवकाशको उमेर बढाउनु जरुरी छ ।  त्यसो त केहीले पुराना कर्मचारीलाई बिदा गर्दा नयाँले अवसर पाउने भएकाले रोजगारी सृजना हुने तर्क पनि गर्छन् । नयाँ जोशजाँगरका कर्मचारीबाट परिणाम राम्रो आउने विश्लेषण समेत नभएको होइन । तर, नेपालको सन्दर्भमा यी कुनै पनि कुरा प्रमाणित भएका छैनन् । सरकारको व्ययभार बढेको चाहिँ साँचो हो ।  सरकारी कोषबाट पेन्सन खाने कर्मचारीमा निजामती, प्रहरी, सेना, शिक्षक र न्यायालयका कर्मचारी आदि छन् । पेन्सनको बढ्दो भार थेग्न गाह्रो भएपछि सरकारले योगदानमा आधारित पेन्सनको योजना ल्याएको छ । तर, त्यसमा अझै अस्पष्टता छ । निजी क्षेत्रलाई पनि पेन्सन दिने लक्ष्यका साथ स्थापना गरिएको सामाजिक सुरक्षा कोष सफल हुन सकेको छैन । सरकारी कर्मचारीलाई उसको योगदानको ठूलो हिस्सा सरकारले ब्यहोर्ने व्यवस्था गरिनु तर निजी क्षेत्रमा भने कामदारले योगदान दिएर पनि चित्तबुझ्दो गरी प्रतिफल राम्रो नपाउने भएपछि कोषमा कर्मचारीको आकर्षण देखिएको छैन ।  नेपालमा कर्मचारीको अनिवार्य अवकाश पाउने उमेर कति पुर्‍याउने र कसरी पुर्‍याउने भन्नेमा विवाद छ । सरकारले तयार पारेको निजामती सेवा विधेयकमा ६० वर्ष पुर्‍याउने प्रस्ताव गरिएको छ । तर, अहिलेको सन्दर्भमा यो उमेर ६५ पुर्‍याउन सकिन्छ र पुर्‍याउनु पनि पर्छ । यसो हुँदा निवृत्त हुने कर्मचारीको संख्या कम बढ्छ । नेपालमा कर्मचारीको कार्यशैली परिणाममुखी छैन । एउटा कार्यालयमा बसेर त्यसमा उसले राम्रो जानकारी र अनुभव हासिल गरेपछि अवकाश पाउने उमेर भइसक्छ । उसको ठाउँमा नयाँ कर्मचारी आउँछ जसले तत्कालै काम अघि बढाउन सक्दैन । यदि कर्मचारीको अवकाश पाउने उमेर बढाइयो भने यस्ता अनुभवीले केही वर्ष थप काम गर्न पाउँदा परिणाम दिन सक्छन् ।  अर्को, एकैपटक उमेर हद बढाउँदा समस्या पनि आउन सक्छ । त्यसलाई सम्बोधन गर्न नियुक्ति दिएको मितिका आधारमा विभिन्न मापदण्ड बनाएर बिस्तारै उमेर थप्न सकिन्छ । यसतर्फ सरकारको ध्यान जानै पर्छ ।  समयमा निर्णय नगर्ने हो भने समस्या थपिँदै जान्छन् । 

सम्बन्धित सामग्री

२ महिनादेखि पाएनन् पूर्वकर्मचारी र पूर्वसुरक्षाकर्मीले पेन्सन

काठमाडौँ-  पूर्वकर्मचारी, पूर्वसुरक्षाकर्मी तथा पूर्वशिक्षकहरुले दुई महिनादेखि पेन्सन पाएका छैनन्। सरकारी ढुकुटी रित्तिँदै गएपछि सरकारलाई पेन्सन ख्वाउन नै समस्या भएको हो। पेन्सन पाउने पूर्वकर्मचारीहरुमध्ये केहीले पेन्सन पाएपछि अधिकांशले पाएका छैनन्। यद्यपि अर्थमन्त्रालय स्रोतले भने ढुकुटी रित्तिँदै गएको नभई प्रक्रियागत कारणले पूर्वकर्मचारीहरुलाई तबल खुवाउन समस्या भएको बताएको छ।

स्वास्थ्य स्वयंसेविकालाई पेन्सन

गुल्मीको छत्रकोट गाउँपालिकामा स्वास्थ्य स्वयंसेविकालाई पेन्सन दिन सुरु गरिएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर गाउँपालिकाले गाउँपालिका भरका स्वयंसेविकालाई सम्मानजनक बिदाइको लागि पेन्सन दिन सुरु गरेको हो । गाउँपालिकाको सोही पेन्सन दिने कार्यक्रम अनुसार विभिन्न वडामा कार्यरत रहेका चार जना स्वास्थ्य स्वयंसेविका निवृत्तीभरण भएका छन् । स्वेच्छिक अवकाश अन्तर्गत कमला ज्ञवाली, गोमा भणडारी, विष्णुमाया […]

छत्रकोटका स्वंयसेविकालाई पेन्सन

सोमबार गाउँपालिकाले पेन्सन दिएपछि छत्रकोट गाउँपालिका–४ श्रृङ्गाकी भागीरथी कंडेल निकै खुसी भइन् । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा गाउँपालिकाले कंडेललाई पेन्सन र चार जनालाई सम्मानजनक बिदाई गरेको छ । भागिरथीले ३०...

अब वैदेशिक रोजगारीमा जानेले पनि पेन्सन पाउने

काठमाडौं। अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले पनि पेन्सनसहितको सुविधा पाउने भएका छन्। सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउनेगरी योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम सुरु गरेको हो। अब वैदेशिक रोजगार समय अवधि सकिएपछि पेन्सन सुविधा पाइनेछ । ६० वर्षपछि आजीवन पेन्सन पाइनेछ । त्यति मात्रै होइन् विदेशमा रहँदा दुर्घटना उपचार खर्च, कामको सिलसिलामा अंगभंग हुनेले अशक्तता पेन्सन पाउने छन्।

नेपालबाटै जापानको पेन्सन पाउन के गर्नुपर्छ ?

के तपाईं जापानमा काम गरिरहनुभएको छ ? यदि हो भने तपाईंले आफ्नो आधारभूत पेन्सन नम्बर सुरक्षित साथ राख्नुपर्दछ । सो नम्बरका आधारमा तपाईले नेपालबाटै जापानको पेन्सन पाउनु हुनेछ । आधारभूत पेन्सन नम्बर के हो ? जापानमा बसोबास गर्न दर्ता भएका र २० वर्ष उमेर पुगेका जुनसुकै राष्ट्रियता भएका व्यक्तिहरुले जापानको राष्ट्रिय वा रोजगार पेन्सनमा (Kokumin …

किसान पेन्सन हावादारी कार्यक्रम हो : त्रिपाठी

काठमाडौँ । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले बजेटमार्फत घोषणा गरेको किसान पेन्सन कार्यक्रमलाई हावादारी भनेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि धारणा राख्ने क्रममा उनले किसानलाई के आधारमा पेन्सन दिने भन्ने नै नखुलेको भन्दै हावादारी कार्यक्रम भनेका हुन् । उनले प्रश्न गरे, ‘योगदानको आधारमा किसानलाई पेन्सन भनेको के हावादारी कुरा हो ? यदि […]

किसान पेन्सन योजनाको घोषणा

सरकारले किसान पेन्सन योजनाको घोषणा गरेको छ । किसानसँग सरकार कार्यक्रम अन्तर्गत सो घोषणा बजेटमार्फत गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै किसान पेन्सन योजनाको बीउ पुँजीका लागि १ अर्ब विनियोजन गरिएको जानकारी दिए ।

जापानको पेन्सन नेपालबाटै, तर आवेदन यहींबाट दिनुपर्छ

जापानमा पेन्सन पाउने समयसम्म काम गरेर नेपाल फर्केपछि नेपालमै बसेर जापानको पेन्सन पाइने सुविधा रहेको छ । तर, त्यस्तो आवेदन नेपालबाटै दिनुपर्ने हुन्छ अन्यथा पाउनु हुने छैन । जापानमा फुलटाइम काम गर्दा धेरैजसो कम्पनीमा कर्मचारीहरूले पेन्सन अनिवार्य रूपमा तिर्नुपर्ने हुन्छ र कम्पनीले कर्मचारीको तलबबाट प्रत्येक महिना केही रकम काट्ने गर्छ। तर धेरै नेपालीहरुलाई जापानको यो …

किसानलाई पेन्सन दिने तयारीमा चौरजहारी नगरपालिका

पहिलो पटक चौरजहारी नगरपालिका रुकूमपश्चिमले कृषकलाई पेन्सन दिन लागेको छ । पेन्सन दिन कृषकबाट निवेदन सङ्कलन गरिएको छ । सो निवेदनबाट कृषक छनोट गरी छनोटमा परेका कृषकलाई मासिक रु एक हजारका दरले पेन्सन दिइने छ । आव २०७७/७८ को निर्णयलाई चालू आवबाट कार्यान्वयनमा ल्याउन लागिएको हो । पेन्सन दिनका लागि कार्यविधि निर्माण भइसकेको कृषि शाखाका …

पत्रकार महासंघ मकवानपुर शाखाद्वारा ज्येष्ठ पत्रकारलाई पेन्सन वितरण गर्न शुरु

हेटौँडा : नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले ज्येष्ठ पत्रकारलाई मासिक रुपमा पेन्सन वितरण गर्ने काम शुरु गरेको छ। महासंघ मकवानपुर शाखाले आजबाट पेन्सन वितरणको काम शुरु गरेको हो। पत्रकारिता गरेका र ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारलाई पेन्सन कोष सञ्चालन गरेर त्यसको व्याजबाट पेन्सन वितरण गर्न शुरु गरिएको हो। पेन्सन…