मिति सकिन लागेपछि एस्ट्राजेनेका खोप लगाउने समूहको दायरा बढाइयो, अब यी समूहले पाउने
सरकारले १८ वर्ष उमेर पुगेका कक्षा १२ का विद्यार्थीहरु र सीमा नाकाका प्रवेश बिन्दुहरुबाट नेपाल प्रवेश गर्ने १८ वर्ष पुरा भएका नागरिकलाई एस्ट्राजेनेका खोप दिने निर्णय गरेको छ।
बन्दीपुर गाउँपालिकाले १८ वर्ष उमेर पूरा भएका सबै नागरिकका लागि मङ्सिर ८ गते कोभिडसिल्ड र एस्ट्राजेनेका खोप लगाउने स्वास्थ्य शाखाप्रमुख अन्जिर भट्टराईले जानकारी दिए।
काठमाडौं : तिहार लक्षित गरेर सरकारले स्थलमार्ग हुँदै घर जाने यात्रुलाई आजबाट कोरोनाविरुद्धको खोप लगाउने दुईदिने अभियान सुरु गरेको छ।स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले गोंगबुको नयाँ बसपार्क, कलंकी चोक, कोटेश्वर चोक र बल्खु चोकमा यात्रुलाई खोप लगाउने सुविधा मिलाएको हो।स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. सागर दाहालले उपत्यकाबाट बाहिरिने यात्रुका लागि लक्षित गरी आज र भोलिका लागि चोक चोकमा खोप सेवा उपलब्ध गराइएको जानकारी दिए। उनले यात्रुहरूलाई भेरोसेल र एस्ट्राजेनेका खोप लगाइदिएको
काठमाण्डाै - भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप लगाउने अभियान आजदेखि सुरु हुँदैछ ।
प्रदेश-१ र प्रदेश-२ बाहेकका पाँचवटा प्रदेशमा आजदेखि खोप अभियान सुरु हुने तथा प्रदेश-१ र २ मा केही समयभित्रै खोपको मिति तोकिने स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिनुभयो ।
भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दिइने छ ।
खोप लगाउनका लागि काठमाण्डौमा १ सय ४४ केन्द्र तोकिएको छ । अरु जिल्लामा ...
काठमाडौँ । स्वास्थ्य सेवा विभागले फागुन २३ देखि चैत १० गतेसम्म कोभिशिल्डको पहिलो मात्रा लगाएका व्यक्तिलाई १२ सातापछि एस्ट्राजेनेका खोप लगाइने जनाएको छ। विभागले आइतबार विज्ञप्ति जारी गर्दै कोभिशिल्डको दोस्रो डोजका लागि तोकिएको मितिमा दिन नसकिएपछि १२ हप्तापछि एस्ट्राजेनेका खोप पनि खोप लगाउने व्यवस्था मिलाइने जनाएको छ। त्यो पनि नेपाललाई प्राप्त भएपछि मात्र भनेको छ […]
काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्ध लगाइँदै आएको एस्ट्राजेनेका खोप नलगाउनुपर्ने कुनै कारण नभएको स्पष्ट पारेको छ ।
कोरोना भाइरसविरुद्ध राम्रो काम गरिरहेको र प्रभावकारी प्रमाणित भइरहेको खोपमाथि शङ्का गर्नु अनावश्यक भएको सङ्गठनले शुक्रवार स्पष्ट पारेको हो । रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली देशले एस्ट्राजेनेका खोप लगाउने अभियान नै स्थगित गरेपछि विश्व स्वास्थ्य सङ्गठनले स्पष्ट परेकाे हो । डब्ल्यूएचओको खोप सुझाव समितिले भर्खरै पनि एस्ट्राजेनेका खोप उपयोगी नै रहेको, कुनै हानिकारक...