अनेरास्ववियु (क्रान्तिकारी) द्वारा महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा तालाबन्दी

घोराही : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा ताला लगाएको छ।क्याम्पस प्रशासनले चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि अनधिकृत रूपमा परिचयपत्र बनाउँदै गरेको भेटिएपछि क्याम्पसको प्रशासनमा मंगलबार ताला लगाएको अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका इन्चार्ज दीपक केसीले जानकारी दिए।उनले प्रेस विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासनले अनधिकृत रूपमा खाली परिचयपत्र क्याम्पसको छाप लगाएर वितरण गरेको र तत्काल उक्त कार्यको छान

सम्बन्धित सामग्री

महेन्द्र र जनता क्याम्पस स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी

महेन्द्र बहुमुखी क्याम्पस घोराही र जनता क्याम्पस बिजौरीका स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी भएको छ । स्ववियु निर्वाचनलाई केन्द्रित गरी मंगलबारदेखि घोराहीमा नेत्रविक्रम चन्द निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) र बिजौरीमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघले तालाबन्दी गरेका हुन् ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा तालाबन्दी

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको उम्मेदवारी प्रक्रिया रोकिएको छ। नौ वटा विद्यार्थी संगठनले तालाबन्दी गरिदिंदा स्ववियु निर्वाचनको उम्मेदवारी प्रक्रिया रोकिएको हो । नौ वटा संगठनले महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा तालाबन्दी गरेका छन्  ।

आंशिक प्राध्यापकद्वारा तालाबन्दी र आगजनी

दाङको महेन्द्र बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दीसँगै कुर्सी लगायतका सामग्रीमा आगजनी गरेका छन् । विगतमा भएका सम्झौता र सहमति कार्यान्वयनको माग गर्दै लामो समयदेखि आन्दोलनमा रहेका आंशिक प्राध्यापकले आइतबार महेन्द्र बहुमुखी क्याम्पस प्रमुख दिवाकर पोख्रेललाई ज्ञापनपत्र बुझाउँदै क्याम्पस प्रमुखको कार्य कक्षामा तालाबन्दी गरेका हुन् ।