२६ असोज, बागलुङ। बागुलङ-१ मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका कांग्रेसका कृष्णशंकर श्रेष्ठले नाम फिर्ता लिएका छन् । गठबन्धनबाट यस क्षेत्रमा प्रतिनिधि सभा तर्फको उम्मेदवार राष्ट्रिय जनमोर्चालाई छुट्याइएको थियो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गठबन्धनका साझा उम्मेदवार बनेका छन् । जनमोर्चालाई प्रतिनिधि सभा छुट्याएपछि कांग्रेसका श्रेष्ठले उम्मेदवारी दिएका थिए । नाम फिर्ताका लागि निर्वाचन आयोगले […]