जनकपुरमा कांग्रेसका बागी उम्मेदवारले फिर्ता लिएनन् उम्मेदवारी

जनकपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार बनेका मनोज साह उम्मेदवारी फिर्ता लिएका छैनन्।...

सम्बन्धित सामग्री

चितवन ३ मा एमालेले कांग्रेसका बागी उम्मेदवारलाई समर्थन गर्यो

चितवन – नेकपा एमालेले चितवन क्षेत्र नं ३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ ।क्षेत्र नं ३ मा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दिनुभएको थियो । उहाँको उम्मेदवारी अन्तिम समयमा पार्टीले नै पत्र पठाएर फिर्ता लिँदै कोइरालालाई समर्थन गर्ने निर्णय भएकाे हो । चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको छ ।चितवन–३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. ...

कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निष्काशित

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिई तोकिएको समयभित्र फिर्ता नलिने बागी उम्मेदवार र निजका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशित गरेको छ । कांग्रेसले सत्तारुढ गठबन्धन दल र मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको सहमतिअनुरुप कांग्रेसका […]

सल्यानमा कांग्रेसका बागी उम्मेदवार शाहले नाम फिर्ता लिएनन्

२६ असोज, काठमाडौं । सल्यानमा कांग्रेसका बागी उम्मेदवार राजेन्द्रबहादुर शाहले प्रतिनिधि सभाको उम्मेदवारी कायमै राखेका छन् । सत्तागठबन्धनमा प्रतिनिधिसभातर्फको उम्मेदवार एकीकृत समाजवादीलाई परेपछि उनले उम्मेदवारी दिएका थिए । एकीकृत समाजवादीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णयले कांग्रेसमा असन्तुष्टि बढेको थियो । कांग्रेसका पूर्वराज्यमन्त्रीसमेत पार्टीले दिएको निर्देशन अस्विकार गर्दै उम्मेदवारी कायम राखेका छन् । ‘हामीले नाम फिर्ता […]

तनहुँमा कांग्रेसका बागी बास्तोलाको समर्थन जोशीलाई

२६ असोज, तनहुँ । तनहुँ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव विश्वनाथ बास्तोलाले उम्मेदवारी फिर्ता लिएका छन् । आफ्नो उम्मेदवारी फिर्ता लिएर उनले अर्का बागी गोविन्दराज जोशीलाई समर्थन गरेका छन् । यो क्षेत्रमा कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार छन् । यस्तै एमालेबाट एकबहादुर राना मगर उम्मेदवार छन् ।

आरजुका पीए विरुद्ध कांग्रेसका बागीले फिर्ता लिएनन् उम्मेदवारी

२६ असोज, कैलाली । कैलाली ५ (ख) बाट प्रदेश सभा उम्मेदवार बनेका नेपाली कांग्रेसका बागी क्षितिज भण्डारीले नाम फिर्ता गरेनन् । निर्वाचन आयोगले तोकेको समय सीमामा उनले नाम फिर्ता गरेनन् । कैलाली ५ (ख)मा प्रधानमन्त्री पत्नी आरजु राणाका स्वकीय प्रकाश देउवा उम्मेदवार बनेका छन् । ‘आरजुको पीएलाई हराएर म जित्छु । मैले किन फिर्ता लिनु […]

चितवन–१ मा कांग्रेसका बागी बुर्लाकोटीले फिर्ता लिएनन् उम्मेदवारी

२६ असोज, काठमाडौं । चितवन– १ मा नेपाली कांग्रेसका बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी कायम राखेका छन् । उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले बुधबार विहान १० देखि दिउँसो १ बजेसम्म समय निर्धारण गरेको थियो । आयोगले तोकेको समयभित्र उनले नाम फिर्ता लिएनन् । कांग्रेसले बागी उम्मेदवार बनेकालाई दिउँसो १ बजेभित्र नाम फिर्ता लिन निर्देशन दिएको […]

चितवन–१ को कांग्रेसका बागी भन्छन् : विश्व पौडेलले नाम फिर्ता लिनुपर्छ

२५ असोज, काठमाडौं । चितवन १ मा कांग्रेसबाट बागी उम्मेदवारी दिएका राजेन्द्र बुर्लाकोटीले कुनैपनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताएका छन् । यो क्षेत्रबाट कांग्रेसको आधिकारिक उम्मेदवार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल छन् । पौडेललाई पार्टीले टिकट दिएपछि बुर्लाकोटीले सभापति शेरबहादुर देउवाप्रति तीव्र असन्तुष्ट व्यक्त गरेका छन् । उम्मेदवारी फिर्ता नगर्दा पार्टीले कारबाही गरेपनि भोग्न […]

पोखराको मेयरमा कांग्रेसका बागी उम्मेदवारले धनराजलाई सघाउने

पोखरा । पोखराको मेयरमा कांग्रेसका बागी उम्मेदवार बिमलबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिंदै धनराज आचार्यलाई सघाएका छन् ।सोमबार विज्ञप्तिमार्पmत् आफ्नो उम्मेदवारी फिर्तासँगै उनले गठबन्धनबाट मेयर पदमा उठेका आचार्य र नेपाली काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने घोषणा गरेका हुन् । उनले पार्टीले उम्मेदवारी फिर्ता गरेको निर्देशन मान्दै आफ्नो उम्मेदवारी निस्क्रिय भएको बताएका छन् । ‘साथीभाइको सल्लाह […] The post पोखराको मेयरमा कांग्रेसका बागी उम्मेदवारले धनराजलाई सघाउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

भरतपुरमा कांग्रेसका बागी मेयर उम्मेदवारले लिएनन् मनोनयन फिर्ता

पोखरा– नेपाली कांग्रेसका शीर्ष नेताको दबाब र चेतावनीका बाबजुद भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले उमेदवारी फिर्ता लिएनन् । उम्मेदवारी फिर्ता लिने निर्धारित समयसम्म पनि उनले उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताए । पौडेलले नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा उम्मेदवारी दिएका हुन् । उनलाई मनाउन गृहमन्त्री […]

कांग्रेसका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन देउवाको आग्रह

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।  बिहीबार एक विज्ञप्ति जारी गर्दै देउवाले पाँच दलीय गठबन्धनको निर्णय र सहमति भन्दा बाहिर रहेर उम्मेदवारी...