कोहलपुर । पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रियता, समृद्धि र शान्तिका पक्षमा एकताबद्ध हुन युवालाई आग्रह गरेका छन् । राष्ट्रिय युवा सङ्घ बाँकेले आज कोहलपुरमा आयोजना गरेको युवा भेलामा नेता बस्नेतले राष्ट्रियता, समृद्धि र शान्तिका पक्षमा सरकारले गरिरहेको कामका बारेमा जनतालाई यथार्थ जानकारी गराउन अब युवा जाग्नुपर्ने बताए ।