काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशन झण्डै तीन महिना सरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो। यसअघि भदौ १६ देखि १९ गतेसम्म हुने भनिएको महाधिवेशन क्रियाशील सदस्यता विवादका कारण अन्योलमा परेपछि महाधिवेशनको नयाँ तालिका निर्धारण गरिएको हो ।पार्टीको वैधानिकता खारेज हुने भएकाले महाधिवेशनको प्रक्रिया कांग्रेसले भदौ १८ देखि नै सुरु गर्ने छ । कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र बडुका अनुसार भदौ १८ मा वडा त