काठमाण्डाै – जिल्ला अदालत काठमाण्डाैका न्यायाधीश राजकुमार कोइरालामाथि अध्ययन गर्न न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएकाे छ । न्याय परिषद्काे आज बुधवार बसेकाे बैठकले यस्ताे निर्णय गरेको हाे ।
न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाई गरेको श्रव्य सामग्रीको सत्यताबारे अनुसन्धान गर्न समिति गठन गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभ...