एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबारको बैठकमा सर्वोच्च अदालतप्रति तिखो टिप्पणी गरे । अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको आधारमा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभाको उम्मेदवार बन्न अयोग्य रहेको भनी गरेको फैसला कुन कानुनी सिद्धान्तका आधारमा भएको भन्ने प्रश्न उनले गरे ।