मोरङ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र स्विटजरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्याप्लरबीच दुईपक्षीय हितबारे भेटवार्ता भएको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको भेटमा स्वीस सरकारको सहायतामा सञ्चालित परियोजनाबारे समीक्षा गर्न चाहेको राजदूत क्याप्लरले बताएकी थिइन्। भेटवार्ताका क्रममा राजदूत क्याप्लरले स्वीस परियोजनाअन्तर्गत रहेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना प्रदेश सरकारले स्वीकृत गरेकोमा […]