बिजुलीमा राजनीति

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ एकातिर विद्युत् खेर गएको भन्दै भारतीय कम्पनीहरूसँग खरीदका लागि पहल गरिरहेका छन् भने अर्कातिर नेपालका उद्योगहरू विद्युत् नपाएर डिजल जेनेरेटर प्रयोग गर्न बाध्य छन् । लोडशेडिङ हटेको छ भनिएको छ तर विद्युत् आपूर्ति अनियमित छ । यसले एकातिर घरेलु ग्राहकहरू हैरानी बेहोर्न बाध्य छन् भने उद्योगहरू ठूलो नोक्सानीमा परिरहेका छन् । यी सबै समस्याका कारण जलविद्युत् क्षेत्रमा अनावश्यक रूपमा राजनीतिक चलखेल हो भन्ने देखिन्छ । जलविद्युत् क्षेत्रमा अनावश्यक राजनीतिक छिराइएको छ र यसको मूल समस्याभन्दा चर्चाका लागि काम हुन थालेका छन् । प्राधिकरण प्रशासन र कुलमान आफैले पनि यसमा ध्यान दिनु आवश्यक छ । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा साना ठूला गरेर ५ सयभन्दा बढी उद्योग विद्युत् अनियमितताका शिकार भएका छन् । यस करिडोरमा दैनिक ४ पटकसम्म बिजुली जाने गरेको छ । यसरी अकस्मात् बिजुली जाँदा उत्पादनको प्रोसेसिङमा रहेका कच्चा पदार्थ खेर जाने, पार्टपुर्जा बिग्रने आदि कारणले यी उद्योगले दैनिक ७ करोडबराबरको क्षति बेहोर्नु परिरहेको छ । विद्युत् आपूर्ति बन्द भइ पुनः उत्पादन प्रक्रिया शुरू गर्दा प्रोसेसिङ खर्च दोब्बर पर्ने गरेको छ । सिमेन्ट र छडजस्ता उच्च विद्युत् खपत गर्ने उद्योगहरूको नोक्सानी निकै ठूलो छ । यी सबैको हिसाब गर्दा यस क्षेत्रका उद्योगहरूले मासिक २ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी बोहोरिरहनु परेको देखिन्छ । यो समस्या सुनसरी मोरङ औद्योगिक कोरिडोरमा मात्र नभएर देशभरिका उद्योगहरूले भोग्नु परिरहेको समस्या हो । ठूलो परिमाणमा विद्युत् आवश्यक पर्ने सिमेन्ट र छड उद्योगले बिजुली प्राप्त गर्न सकेका छैनन् । प्रसारण लाइनको अभावका कारण बिजुली नपाउँदा उनीहरूले महँगो डिजेल प्रयोग गर्नु परिरहेको छ । तर, वर्षा याममा विद्युत् खेर जान थालेको छ भनिन्छ । त्यसैले तत्कालका लागि देशभित्रै यसको खपत हुने अवस्थामा बनाइनुपर्छ । विद्युत् निर्यात गरेर धनी बन्ने र विद्युत् खपत स्वदेशभित्रै गराई औद्योगिक विकासतर्फ लम्कने भन्ने विषयमा विज्ञहरू बीच चर्को विवाद पाइन्छ । विद्युत् उत्पादन बढिरहेको सन्दर्भमा प्रसारण लाइनको अपर्याप्तता र गुणस्तरविहीनताका कारण विद्युत् आपूर्ति नियमित हुन नसकिरहेको प्राधिकरणका अधिकारीहरूको भनाइ पाइन्छ । प्रसारण लाइन बनाउने जिम्मेवारी पनि प्राधिकरणकै भएकाले यो बनाउन नसक्नु प्राधिकरणकै कमजोरी हो । त्यसो त प्रसारण लाइन निर्माणमा लागि अमेरिकी सहयोग एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) पनि राजनीतिको शिकार भएर अन्योलमा नै छ । आफूलाई पूर्वाधारविद् भन्नेहरूले नै अनावश्यक तर्क गरेर यसलाई राष्ट्रघाती सिद्ध गर्न खोजेकाले यो सम्झौता निकै गिजोलिएको छ । प्राधिकरणको प्रमुखमा दोस्रो कार्यकाल सम्हालेका कुलमानको कार्य क्षमता पनि अघिल्लो कार्यकालमा जस्तो प्रभावकारी देखिन सकिएको छैन । खासगरी विद्युत् आपूर्ति अनियमितताको समस्या समाधानमा उनले कुनै ‘चमत्कार’ देखाउन सकेका छैनन् । अघिल्लो कार्यकालमा लोडशेडिङ हटाउनुका साथै प्राधिकरणलाई नाफामा लैजान सकेका कारण उनको निकै सम्मान र चर्चा भएको हो । तर, अहिले उनले विद्युत् आपूर्तिलगायत अन्य क्षेत्रमा देखिने खालको उल्लेख्य परिवर्तन ल्याउन सकेका छैनन् । भन्न त अलिक हतारो हुन्छ तर यस पटक उनी असफल हुन आ“टेको हो कि भन्ने आशंका गरिँदै छ । कुलमानले बिजुलीको तार भूमिगत बनाउने अभियान शुरू गरेका हुन् तर अहिले यो काम निकै खराब तरीकाले चलिरहेको छ । यसका लागि खनिएका सडकहरू मर्मत नगरी त्यसै छाडिदिंदा बाटो हिलाम्य र धुलाम्य हुन थालेको छ । यसमा प्राधिकरणको लापर्बाही छ र कुलमानको आँखामा पुग्न सकेको छैन । इन्टरनेट प्रदायकहरूले बिजुलीका पोल उपयोग गरेबापत तिर्नुपर्ने रकममा उनले कडाइ गर्न थालेका छन् । कडाइ उपयुक्त भए पनि पोल भाडा बढाएर इन्टरनेट महँगो पार्नु भने सकारात्मक काम होइन । प्राधिकरणलाई नाफामा लैजान यसो गरिएको आरोप उनीमाथि लागेको छ । त्यसैले जलविद्युत् क्षेत्रमा अनावश्यक राजनीतिक छिराइएको छ र यसको मूल समस्याभन्दा चर्चाका लागि काम हुन थालेका छन् । प्राधिकरण प्रशासन र कुलमान आफैले पनि यसमा ध्यान दिनु आवश्यक छ ।

सम्बन्धित सामग्री

फोहोरमाथि राजनीति

कामको सिलसिलामा संघीय र स्थानीय सरकारबीच विवाद हुन सक्छ। कहिलेकाहीँ दुवै निकायले एकअर्काप्रति संवेदनशील नहुने अवस्था पनि आउन सक्छ। तर यसो भन्दैमा कसैले पनि निषेधको राजनीति गर्न हुँदैन।...

वैकल्पिक राजनीति गर्नेहरूको सम्झनामा

वैकल्पिक राजनीति गर्नेहरूले प्रचलित राजनीतिक आख्यानलाई परिवर्तन गरी सबैलाई जनताकेन्द्रित राजनीति पछ्याउन बाध्य पार्न सक्नुपर्छ  जब तपाईं दक्षिण अमेरिका, अफ्रिका र एसियामा लोकतन्त्रबारे आधुनिक युरो–अमेरिकी व्याख्यान सुन्नुहुन्छ, के तपाईं कंगोका प्रथम...

राजनीति विकासका लागि : नेता लेखक

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कञ्चनपुर क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश लेखकले राजनीति विकासका लागि भएको बताएका छन् । आज भीमदत्त नगरपालिका–१४ को बस्ती भेलालाई सम्बोधन गर्दै नेता लेखकले राजनीति कसैलाई पदमा पु¥याउनका लागि मात्रै नभएको बताए । ‘राजनीति विकासका लागि हो, विकास समृद्धिका लागि हो’, उनले भने, ‘राजनीति कसैलाई पदमा […]

महाअभियोगकाे राजनीति

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग समितिमा भइरहेको पुछताछबारे टिप्पणी। विवेक कि राजनीति?

राजनीति कि बनियाँ गिरी ?

राजनीति सबै नीतिहरूको राजा हो । त्यसैले राज्य सु-सञ्चालनको नीति समेत राजनीति नै हो । मुलुक चलाउनका लागि सामयिक विधि, प्रविधि, सिप, अध्ययन र कौशल भएका व्यक्तिहरू नै राजनीतिमा आउने हो । नेपालको अवस्था हेर्दा त्यो भएको देखिँदैन । यहीँनेर हाम्रो राजनीति चुकेको हो । ‘नीतिहरूको राजा राजनीति हो’ भनेर हिजो राजनीतिक शास्त्रका विद्यार्थीहरू पढ्थे […]

राजनीति कसका लागि ?

राजनीति कसका लागि गरिन्छ ? यसको सोझो उत्तर छ–जनताका लागि । तर, नेपालमा अहिले त्यस्तो उत्तर दिइयो भने त्यो पूर्णतः गलत साबित हुने गरेको छ । नेताले त्यस्तो जवाफ दिएमा त्यो कसैले पनि नपत्याउने अवस्था छ । अहिले हाम्रा नेताहरू जनताको नजरमा दिन प्रतिदिन गिर्दै गइरहेका छन् । हिजोका दिनमा बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन […] The post राजनीति कसका लागि ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

राजनीति र प्रशासनको अन्तरसम्बन्ध

राजनीति र प्रशासनको अन्तरसम्बन्धका बारेमा बिभिन्न कोणबाट ब्याख्या बिश्लेषण भएको पाईन्छ । कहींकतै राजनीतिकर्मीहरुले प्रशासनलाई राजनीतिक साध्य पूर्तिको साधन मात्र मानेका छन् भने कसैले राजनीति र प्रशासनलाई दुई पृथक बिषय हुन पनि भनेका छन् । त्यसै गरी कतिपय बिद्वानहरुले राजनीति र प्रशासनलाई एकै सिक्काका दुई पाटाको रुपमा लिएका छन् र उनीहरुले मुलुकको सर्बाङ्गिण बिकासका लागि […]

मेरो सोचको राजनीति

सरकारबाट ३ किलो चामल बाँडिटोपल्ने, काठमाडौंको मेयर जो सामाजिक संस्थाले गरिबलाई खाना बाँड्दा राजधानीको इज्जत जान्छ भन्ने सोच राख्ने, के यो नै हो राजनीति ?

अब म पनि राजनीति गर्छु!

सबैले कमाए, सबैले बनाए मेरो पालो आएकै छैन। अब त म पनि राजनीति गर्छु किनभने काठमाडौँमा एउटा घर नभई त,  मलाई पनि भएकै छैन।