पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्नका लागि नल्याइएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सहभागि भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्न नल्याइएको बताएका हुन् । उनले प्रस्ताव दर्ता पछि परिस्थिति हेर्दै क्रमशः टुंगोमा पु¥याउनका लागि महाअभियोग लगाइएको बता