नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट नभएर दक्षिणपन्थी भएको आरोप लगाएका छन् । आइतबार दाङ्गको घोराहीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले त्यस्तो आरोप लगाएका हुन् । ओलीले नेकपा एमालेलाई वैचारिक रुपमा विभाजित गर्दै दक्षिणपन्थीको बाटोमा अगाडि बढाएको आरोप लगाउँदै खनालले भने, ‘ओलीले एमालेलाई सुरुदेखि नै दक्षिणपन्थी अवरवादीसँग साँठगाँठ गरेर अघि बढ्न खोजेका थिए । त्यसैले