अनुगमन समितिको मौसमी अनुगमन : उपभोक्ता बाह्रै महिना ठगिँदै
सुरूमा अचारमा राखिएको तिल, मसलाको कारण च्यापच्याप लागेको होला भन्ठानेकी सीताले अचार खाँदा अमिलोको स्वाद नै फरक पाइन्। पछि थाहा भयो हाटबजारबाट किनेर ल्याएको चुकमा अखाद्य वस्तु मिसाइएको रहेछ।
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यक वस्तुमा उपभोक्ता ठगिन नदिन अनुगमन तीव्र पारेको दाबी गरेको छ । कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रणमा राख्नेगरी बजार अनुगमन गरिएको भन्दै विभागले सीमित स्रोत र साधनका बाबजुद पनि कामलाई तीव्रता दिएको दाबी गरेको हो । ठूला चाडपर्व र दैनिक बजारमा हुने कारोबारमा उपभोक्ता नठगिउन् […]
काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उपभोक्ता ठगीने अवस्थाको अन्त्य हुन नसकेको बताएका छन।नेपाली उपभोक्ता संरक्षण महासङ्घको दोस्रो साधरणसभाको आज उद्घाटन गर्दै उनले जति बजार अनुगमन गरे पनि नेपाली उपभोक्ता सधैँ ठगिनुपर्ने अवस्था सिर्जना भएको बताए।उनले चाँडै धनी बन्ने अभिलाषा बोकेर व्यापार गर्दा उपभोक्ता ठगीमा परेको बताए। ठगी गर्ने व्यापारीलाई सरकारले कारबाही गर्ने मन्त्री गुरुङको भनाइ थियो। उनले शुद्ध मन नभएसम्म सुधार हुन नसक्ने तर्क गरे।कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्
देशमा राजनीतिक अस्थिरता र संकटकाल अन्त्य भए पनि उपभोक्ता अधिकार पनि कुण्ठित हुनबाट कम भएको छैन। कुनै बहानामा फाइदा उठाउँदै बजारमा दैनिक उपभोग्य वस्तुका कृत्रिम अभाव र बढी मूल्य लिने प्रवृत्तिमा कमी भएको छैन।...
काठमाडाैँ- उपभोक्तामाथि ठगी गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार भक्तपुरको मध्यपुर ठिमीस्थित एक डिपार्टमेन्टल स्टोरलाई दुई लाख जरिवाना गर्याे। विभागको टोलीले अनुगमन गर्दा सो स्टोरले खाद्यवस्तुको ‘रिलेबलिङ’ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएको थियो। विभागको अनुमगन टोलीले बिहीबार गुणस्तर, परिमाण र मूल्यमा उपभोक्तामाथि ठगी गरेको पाइएपछि ललितपुरको इमाडोलस्थित एक […]
तीनै सरकारको सहकार्यमा वाणिज्य विभागले प्रत्येक महिना देशव्यापी बजार अनुगमन गर्ने भएको छ । उपभोक्तालाई ठगिनबाट जोगाउने गरी बजार अनुगमनलाई प्रभावकारी बनाउन नियमित अनुगमन बाहेक संयुक्तरूपमा देशभर एकै दिन अनुगमन गरिने भएको हो ।यसरी गर्ने बजार अनुगमन सबै निकायले आपसमा सहकार्य गरेर संयुक्तरूपमा हुने छ । यस अनुगमनमा गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ–आफ्नो मातहत निकायहरूलाई प्रभावकारी रुपमा समन्वय गर्ने छन् । यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकीकृत
उपभोक्ता ठगी गर्ने ८ सय ६३ व्यावसायिक फर्म कारबाहीमा परेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालू आर्थिक वर्षको साउनदेखि माघसम्म बजार अनुगमन गरेर उपभोक्ता ठगी ती फर्मलाई कारबाही गरेको हो ।सो अवधिमा विभागले १ हजार ८ सय व्यावसायिक फर्ममा अनुगमन गरेको थियो । उपभोक्ता ठगी गर्ने फर्मलाई कसुरअनुसार ५ हजारदेखि ३ […]
काठमाडौं । उपभोक्ता ठगी गर्ने ८६३ व्यावसायिक फर्म कारबाहीमा परेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालू आ.व.को साउनदेखि माघसम्म बजार अनुगमन गरेर उपभोक्ता ठगी ती फर्मलाई कारबाही गरेको हो । सो अवधिमा विभागले १ हजार ८ सय व्यावसायिक फर्ममा अनुगमन गरेको थियो । उपभोक्ता ठगी गर्ने फर्मलाई कसुरअनुसार ५ हजारदेखि ३ […]
सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले उपभोक्ताका चारवटा अधिकारबारे चर्चा गरेपछि विश्वव्यापीरुपमा उपभोक्ता अधिकारले व्यापकता पाउन थालेको हो। नेपालमा भने पहिलो पटक २०५४ सालमा उपभोक्ता संरक्षण ऐन जारी भयो।वर्तमान नेपालको संविधानको धारा ४४ मा उपभोक्ताको हकको व्यवस्था गरिएको छ। यस संवैधानिक हकको प्रभावकारी प्रचलनका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ जारी भएको छ। यस ऐनमा उपभोक्ताका नौ प्रकारका अधिकारको व्यवस्था गरिएको छ।उपभोक्ता अधिकारनेपाली उपभोक्तामा वस्तु वा सेवामा सहज पहुँचको अधिकार, प्रतिस्प
कैलाली जिल्लामा सरोकारवालाहरूले बजार अनुगमनमा चासो नदिँदा उपभोक्ता मारमा परेका छन् ।बजारमा गैरकानुनी रूपमा औषधि, खाद्य तथा पेय पदार्थ जस्ता वस्तु बिक्री हुने गरेको तर बजार अनुगमन निर्देशिकामा नियमित अनुगमन गरिने व्यवस्था उल्लेख गरिए पनि प्रभावकारी भने हुन नसकेकाले आम उपभोक्ताहरू मारमा परेका हुन् । यतिबेला अनुगमनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई भए पनि अनुगमन नभएको […]
काठमाडौं : चाडपर्वका बेला उपभोक्ता ठगिने विषय नौलो भने होइन। अन्य समयमा उपभोक्ता ठगिए पनि चाडपर्वको सिजनमा व्यापारीको राज चल्छ।यद्यपि‚ सरोकारवाला निकायले ध्यान दिएका छैनन्। बजार अनुगमन भए पनि फितलो हुने गरेको उपभोक्ताले गुनासो गर्न थालेका छन्।एकातिर यो वर्षको दशैँ नजिकिँदै छ भने अर्कातिर उपभोक्ता ठगिँदै छन्। तर, न स्थानीय तहले बजार अनुगमन गरेको देखिन्छ न जिल्ला प्रशासनबाट नै कसैले चासो लिएको छ। उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष सुवर्ण प्रभा गुरागाईंल