त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने भएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको सहमतिमै विश्वविद्यालयले भदौ ५ गतेसम्मको परीक्षा सुचारु रूपमा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।