नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले भरपर्दाे पार्टी भनेर विदेशबाट शुभकामना प्राप्त भएको बताएका छन् ।
चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले एमाले विश्वभर परिचित रहेको भनेर शुभकामना आएका समेत बताए ।
ओलीले भने, ‘विश्वमा परिचित, विश्वनीय, भरपर्दाे भनेर शुभकामना प्राप्त भएका छन्, यो खुशीको कुरा हो । हामी यस ढंगले अगाडि बढ्दैछौं ।’
ओलीले एमालेलाई विश्व समुदायले सहकार्य गर्न मिल्ने पार्टी भनेर हेर्ने गरेको बताए ।