अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी जहाज खरिद प्रक्रियामा संलग्न २१ जना पदाधिकारी र कर्मचारीसँग बयान लिएको जनाएको छ । अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूको प्रश्नको जवाफ दिँदै निगमका दुईवटा वाइडबडी जहाज खरिद प्रक्रियामा संलग्न २१ जना पदाधिकारी र कर्मचारीसँग बयान लिएको जानकारी दिएका हुन् ।