महेन्द्रनगरमा नेपाल बैंकको डिजिटल बैंकिङ् साक्षरता अभियान

नेपाल बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाको एमिटि कलेज, महेन्द्रनगर र सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पस महेन्द्रनगरमा डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बिद्यार्थीहरु लगायत समाजका सबै बर्गलाई डिजिटल बैकिङ् सम्वन्धि जानकारी गराई डिजिटल बैकिङ्का प्रविधिहरुमा अभ्यस्त गराउने साथै वित्तीय पहुंच अभिबृद्धि गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका र पोखरा विश्वविद्यालयको बिबिए अध्यापन गराउदै आएको एमिटि कलेज र सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा नेपाल बैंक सुदूरपश्चिम प्रदेशको पहलमा उक्त कार्यक्रमहरु आयोजना गरिएको बैंकले जनाएको छ।भिमदत्त नगरपालिकामा संचालीत डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रममा  महेन्द्रनगर शाखाका शाखा प्रबन्धक महेश राज जोशीले डिजिटल बैकिङ् वित्तीय साक्षरता सम्बन्धी  प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा १२५ जना स्थानियको सहभागिता रहेको बैंकले जनाएको छ। त्यसैगरि एमिटि कलेज महेन्द्रनगरमा भएको कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको बैंकले जनाएको छ।   डिजिटल बैकिङ् वित्तीय साक्षरता सम्बन्धी उक्त कार्यक्रम उद्घ्घाटन गर्दै सुदूरपश्चिम विश्वविद्यालय ब्यवस्थापन विभागका डिन प्रा.डा. पदम राज जोशीले सुदूरपश्चिम विश्वविद्यालयको नेपाल बैंक संगको आत्मीय सम्बन्ध र यस बैंकले प्रवाह गर्दै आएका ग्राहकमैत्री सेवाहरुको चर्चा गर्दै डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रमबाट बिबिए अध्यनरत बिध्यार्थीहरुमा ठुलो बित्तीय चेतना जार्गीत गरेको भन्दै हर्ष र धन्यवाद व्यक्त गरेका छन्।  

सम्बन्धित सामग्री

नेपाल बैंकको डिजिटल बैंकिङ्ग साक्षरता अभियान सम्पन्न

नेपाल बैंक लिमिटेडले बुधबार सुदूरपश्चिम प्रदेश अन्र्तगत कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका, एमिटि कलेज, महेन्द्रनगर र सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  विद्यार्थीहरु लगायत समाजका सबै वर्गलाई डिजिटल बैकिङसम्बन्धि जानकारी गराई डिजिटल बैकिङ प्रविधिहरुमा अभ्यस्त गराउने साथै...

महेन्द्रनगरमा नेपाल बैंकको डिजिटल बैंकिङ्ग साक्षरता अभियान सम्पन्न

नेपाल बैंक लिमिटेडले बुधबार सुदूरपश्चिम प्रदेश अन्र्तगत कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका, एमिटि कलेज, महेन्द्रनगर र सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरु लगायत समाजका सबै वर्गलाई डिजिटल बैकिङसम्बन्धि जानकारी गराई डिजिटल बैकिङ प्रविधिहरुमा अभ्यस्त गराउने साथै वित्तीय पहुँच अभिवृद्धि गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका र पोखरा विश्वविद्यालयको बिबिए अध्यापन गर

कर्णाली प्रदेशमा नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता अभियान

नेपाल बैंक लिमिटेडले कर्णाली प्रदेशमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान शुरू गरेको छ । बैंकले पुस ४ गते वीरेन्द्रनगर सुर्खेतस्थित मोडेल कलेज सुर्खेत, ६ गते सुर्खेत बहुमुखी क्याम्पसमा र अमरदीप क्याम्पस, सुर्खेतमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिएको छ । नेपाल बैंक लिमिटेड, वीरेन्द्रनगर शाखा, मोडेल कलेज, सुर्खेत बहुमुखी क्याम्पस...

कर्णाली प्रदेशमा नेपाल बैंकको डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान

नेपाल बैंक लिमिटेडले कर्णाली प्रदेशमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान शुरू गरेको छ । बैंकले पुस ४ गते वीरेन्द्रनगर सुर्खेतस्थित मोडेल कलेज सुर्खेत, ६ गते सुर्खेत बहुमुखी क्याम्पसमा र अमरदीप क्याम्पस, सुर्खेतमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिएको छ ।नेपाल बैंक लिमिटेड, वीरेन्द्रनगर शाखा, मोडेल कलेज, सुर्खेत बहुमुखी क्याम्पस र अमरदीप क्याम्पस सुर्खेतको सहकार्यमा विद्यार्थीहरूलाई डिजिटल बैकिङ्गसम्बन्धी जानकारी गराइ डिजिटल बैकिङ्गका प्रविधिहरूमा अभ्यस्त ग

कर्णाली प्रदेशमा नेपाल बैंकको डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान

नेपाल बैंक Nepal Bank Limited  ले कर्णाली प्रदेशमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान शुरु गरेको छ । बैंकले पुस ४ मा मोडेल कलेज सुर्खेतमा, ६ गते सुर्खेत बहुमुखी क्याम्पसमा, र अमरदीप क्याम्पसमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।  बैंकले मोडेल कलेज, सुर्खेत बहुमुखी क्याम्पस र अमरदिप क्याम्पसको सहकार्यमा बिधार्थीहरुलाई डिजिटल बैकिङ्ग सम्वन्धि जानकारी गराई डिजिटल बैकिङ्गका प्रविधिहरुमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरेको जनाएको छ। बैंकका अनुसार उक्त कार्यक्रमहरुमा करिब ३०० बिद्यार्थीहरु सहभागि भएका थिए । उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरता सम्बन्धि जानकारी, नेपाल बंैकको विभिन्न सेवा सुविधाहरु, डिजिटल बंैकिङ्ग प्रविधिहरु, बिद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बंैकिङ्गका विविध आयामहरुको बारेमा जानकारी गराईएको थियो । बैंकको जुम्ला शाखाको पहलमा जुम्ला बहुमुखी क्याम्पस जुम्लामा पुस ८ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।८५ औ बर्ष प्रवेश गरेको बैंकले हाल ७२ जिल्लाका २१३ शाखाहरु, १५० एटिएम र ४७ एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई सेवा प्रदना गरिरहेको छ ।

नेपाल बैंकको साक्षरता अभियान

नेपाल बैंक लिमिटेडले लुम्बिनी प्रदेशका सबै जिल्लामा एकसाथ डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।...

लुम्बिनीमा नेपाल बैंकको डिजिटल बैंकिङ् साक्षरता अभियान

नेपाल बैंक लिमिटेडले बुधवार लुम्बिनी प्रदेशका सबै जिल्लाहरूमा एकैसाथ डिजिटल बैंकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैकिङ्सम्बन्धी जानकारी गराई डिजिटल बैकिङका प्रविधिहरूमा विद्यार्थीहरूलाई अभ्यस्त गराउने   साथै वित्तीय पहुँच अभिवृद्धि गराउने उद्देश्यले लुम्बिनी प्रदेशका सबै १२ जिल्लाका ३३ शाखाहरूमार्फत् उक्त कार्यक्रमहरू सञ्चालन गरिएको थियो । एकैसाथ सञ्चालित उपरोक्त कार्यक्रममा तीन हजार भन्दा बढी विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी ज्ञानमूलक जानकारी, नेपाल बैंकले लागू गरेका विभिन्न सेवा सुविधाहरू, ड...

लुम्विनी प्रदेशमा नेपाल बैंकको डिजिटल बैंकिङ् साक्षरता अभियान

नेपाल बैंक लिमिटेडले  लुम्विनी प्रदेशका सवै जिल्लाहरुमा एकै साथ डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैकिङ् सम्वन्धि जानकारी गराइ डिजिटल बैकिङका प्रविधिहरुमा बिद्यार्थीहरुलाई अभ्यस्त गराउने   साथै  वित्तीय पहुंच अभिबृद्धि गराउने उद्देश्यले लुम्विनी प्रदेशका  सबै १२ जिल्लाका ३३ शाखाहरुमार्फत उक्त कार्यक्रमहरु संचालन गरिएको बैंकले जनाएको छ ।बैंकका अनुसार एकै साथ संचालित उपरोक्त कार्यक्रममा तीन हजार भन्दा बढी बिद्यार्थीहरुलाइ वित्तीय साक्षरता सम्बन्धि ज्ञानमुलक जानकारी, नेपाल बंैकले लागु गरेका विभिन्न सेवा सुविधाहरु, डिजिटल बंैकिङ्, बिद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बंैकिङ्का विविध आयामहरुको बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा विद्यार्थीहरुबाट प्राप्त जिज्ञासाहरुलाई सम्वन्धित शाखा प्रबन्धक र अन्य पदाधिकारीहरुले प्रष्ट पारेका थिए ।बैंकका अनुसार रुपन्देहीको बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, राममणि बहुमुखी क्याम्पस र पर्रोहा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख, बैंकका प्रदेश प्रमुख र शाखा प्रबन्धकको उपस्थिती रहेको थियो भने अन्य जिल्लाका विभिन्न कार्यक्रमहरुमा सम्वन्धित क्याम्पस प्रमुख र शाखा प्रबन्धकको उपस्थिती रहेको थियो । बैंकका लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसालले नेपाल बैंकले बिद्यार्थीहरुको हीतलाई ध्यानमा राखेर विभिन्न अफर सहितका आधुनिक सेवा सुविधा ल्याईरहेकाले भविष्यमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने जानकारी दिए ।  ८५ औ बर्ष प्रवेश गरेको बैंकले हाल ७२ जिल्लाका २१३ शाखाहरु १५० एटिएम, र ४७ एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई  सेवा पु¥याईरहेको छ ।