नेपाल बैंक लिमिटेडले बुधवार लुम्बिनी प्रदेशका सबै जिल्लाहरूमा एकैसाथ डिजिटल बैंकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
डिजिटल बैकिङ्सम्बन्धी जानकारी गराई डिजिटल बैकिङका प्रविधिहरूमा विद्यार्थीहरूलाई अभ्यस्त गराउने साथै वित्तीय पहुँच अभिवृद्धि गराउने उद्देश्यले लुम्बिनी प्रदेशका सबै १२ जिल्लाका ३३ शाखाहरूमार्फत् उक्त कार्यक्रमहरू सञ्चालन गरिएको थियो ।
एकैसाथ सञ्चालित उपरोक्त कार्यक्रममा तीन हजार भन्दा बढी विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी ज्ञानमूलक जानकारी, नेपाल बैंकले लागू गरेका विभिन्न सेवा सुविधाहरू, ड...