पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड आज दिउँसोबाट दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० स्थित २३ स्मृति पुलमा डाइभर्सन निर्माण गरिएपछि सो सडक दुईतर्फी सञ्चालनमा आएको हो । अविरल वर्षाका कारण हिजो बिहान आएको बाढीले सो सडकमा निर्माण गरिएको डाइभर्सन बगाउँदा सवारी साधन अवरुद्ध भएको थियो ।दिउँसोदेखि दुईतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएपछि राजमार्गमा रोकिएका सवारी साधनहरु गन्तव्यमा पठाइएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरी