पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड आज दिउँसोबाट दुईतर्फी सञ्चालनमा आएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० स्थित २३ स्मृति पुलमा डाइभर्सन निर्माण गरिएपछि सो सडक दुईतर्फी सञ्चालनमा आएको हो । अविरल वर्षाका कारण हिजो बिहान आएको बाढीले सो सडकमा निर्माण गरिएको डाइभर्सन बगाउँदा सवारी साधन अवरुद्ध भएको थियो । दिउँसोदेखि दुईतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएपछि राजमार्गमा रोकिएका सवारीसाधनहरु गन्तव्यमा पठाइएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालल...