बझाङ : बझाङको जिल्ला कारागार सुधारगृह जस्तै बनेको छ। यहाँका कैदी बन्दीहरुले नयाँ सीपमूलक काम गर्दै आएका छन्।६७ जनाको हाराहारीमा रहेका उनीहरुले पछिल्लो समय त उद्यमीको रुपमा आफ्नो पहिचान बनाएका छन्।रोचक त के भने उनीहरु कारागारभित्रैबाट आफ्ना सीपमूलक उत्पादन बेचेर खर्च जुटाउँदै आएका छन्। करिब ५ वर्षदेखि जेल जीवन बिताइरहेका दीपक देवार टोपी, स्विटर, गल्बन्दी लगायत धागोबाट बन्ने सामग्री बनाउँछन्। क्यारेमबोर्ड खेलेरै बिताउने समय सीपमुलक काममा लगाउन पाउँदा खुसी लागेको देवारले बताए।यसरी उत्पादन गर्ने धाग