बिहीबार दिउँसोदेखि अवरुद्ध बुटवल पाल्पा सडक एकतर्फी रूपमा सुचारु भएको छ ।सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको हिउँदे खोलामा माथिबाट लेदोसहितको पहिरो झर्नुका साथै सडक भासिएपछि दुई दिनदेखि अवरुद्ध भएको थियो ।अवरुद्ध सडक डाइभर्सन गरी सडक खुलाएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक अवरुद्ध भएपछि लामो समयदेखि रोकिएका सवारी साधनहरू आ आफ्नो गन्तव्यमा लागेका छन् । बुटवल आउने तथा पाल्पा&nb