२८ मंसिर, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड मंगलबारदेखि १५ दिनसम्म रातमा बन्द हुने भएको छ । सडक चौडा बनाउन पहाड कटान गर्नुपर्ने भएकाले मंगलबार (आज) देखि पुस १३ गतेसम्म राति ९ः३० बजेदेखि बिहान ४ बजेसम्म उक्त सडक बन्द हुने भएको हो । सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सो अवधिमा […]