दबाबमा परेको अर्थतन्त्रले कसरी लय समात्ला ?

सञ्चित कोष ऋणात्मक हुनु अहिलेको समस्या हो । यति सानो देशमा सञ्चित कोष १३९ अर्बबराबरले घाटामा जानु अर्थतन्त्रीय दृष्टिकोणबाट राम्रो होइन । चालू आर्थिक वर्षको १७ खर्ब ९३ अर्बको बजेटको अर्धवार्षिक समीक्षा गर्दा...

सम्बन्धित सामग्री

सार्वजनिक र निजी लगानी बढ्न नसक्दा अर्थतन्त्रले समातेन लय

२४ जेठ, काठमाडौं । सार्वजनिक र निजी लगानी अपेक्षाकृत बढ्न नसक्दा चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा पनि अर्थतन्त्रले लय समात्न नसकेको देखाएको छ । तीव्र रूपमा भइरहेको समाजिक विकास, तर त्यस अनुसार पूर्वाधार विकास हुन …

भ्रष्टाचारविरुद्धको कदमले जनतामा सकारात्मक सन्देश गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन् । पार्टीका मधेस प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको बताए । प्रधानमन्त्री दाहालले भने, ‘पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको […]

केही समयपछि अर्थतन्त्रले लय समात्छ : डा. महत

विराटनगर। कोभिड–१९ को समयदेखि समस्याबाट गुज्रिरहेको अर्थतन्त्र केही समयपछि लयमा आउने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । मोरङ व्यापार संघद्वारा आयोजित एमबीएस एक्स्पो २०२३ समापन कार्यक्रममा अर्थमन्त्री महतले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘अर्थतन्त्र केही समस्यामा थियो अझै पनि छ, तर आउने दिनमा सकारात्मकतिर जान्छ र यसले लय समात्नेछ ।’ केही सकारात्मक सूचकका आधारमा अर्थतन्त्र सुधारमा जाने देखिएको महतको भनाइ छ ।  बजेटले ६ दशमलव ५ प्रतिशतमा राख्ने भनेको मूल्यवृद्धि अहिले ५ दशमलव ३८ प्रतिशतमा झर्नु सकारात्मक रहेको उनले बताए । त्यस्तै शेयर कारोबार १८ सयबाट २२ सयमा पुग्नु, शिथिल भएको जग्गा कारोबारमा सुधार हुनु, बैंकहरूको ब्याजदर घट्नु र ऋण प्रवाह बढ्नुलाई उनले सकारात्मक भने । पर्यटक आगमन बढ्नुलाई पनि उनले अर्थतन्त्र सकारात्मक दिशामा रहेको इन्डिकेटरका रूपमा अथ्र्याए । विदेशबाट आउने विप्रेषण ३० प्रतिशतसम्म बढेको, पूँजीमा यसको सकारात्मक प्रभाव रहेको र १ वर्षलाई पुग्ने विदेशी मुद्रा सञ्चिति रहेकाले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न सकिने उनले दाबी गरे । उद्योगी व्यवसायीलाई अहिले आत्मविश्वासको आवश्यकता रहेको भन्दै उनले सामाजिक सञ्जालमा नकारात्मक कुरा बढी भएको बताए ।  ‘यो देशमा भविष्य नै पो छैन कि, उद्योग व्यवसाय, रोजगारी बढ्न सक्ने अवस्था छैन कि भन्ने खालका नकारात्मक कुरा मात्रै बढी भए । सबैले नेगेटिभ कुरा मात्रै गर्न थालेकाले आत्मविश्वास कमजोर भएर गयो,’ उनले भने, ‘त्यसैले अहिले अर्थतन्त्रका इन्डिकेटरहरू सकारात्मक भइरहेको अवस्थामा उद्योगी व्यवसायी साथीलगायत नागरिक समाज, राजनीतिक क्षेत्र सबैले सकारात्मक बहसको थालनी गरौं ।’  उनका अनुसार कोभिडका बेला भएको गल्ती सच्याउन राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याएर रोक्न खोज्दा ब्याजदर ह्वात्तै बढ्यो । जग्गा पनि विक्री भएन, शेयरबजार पनि बढेन, बैंकको दायित्वचाहिँ बढ्यो । ऋण तिर्न सक्ने अवस्था आएन अनि समस्या आयो । अहिले कसिलो मौद्रिक नीति खुकुलो बनाउँदा ब्याजदर घटेको उनको भनाइ छ । अर्काले नाफा कमाएको देखेर त्यही उद्योग खोल्ने प्रवृत्तिले पनि समस्या आएको भन्दै मन्त्री महतले नयाँ क्षेत्र खोजेर लगानी गर्न सुझाव दिए ।  अनावश्यक क्षेत्रमा भएको लगानी र प्रतिफल पाउने क्षेत्रमा सरकारले लगानी नगर्दा समस्यालाई मलजल पुगेको उनले बताए । अर्थतन्त्र धेरै समस्याबाट गुज्रिएकाले रातारात सकारात्मक नहुने, विस्तारै हुने र यो क्रम शुरू भएको उनले बताए ।  सामाजिक सुरक्षालगायत दायित्वको कारण विकास खर्च खुम्चिएको अर्थमन्त्री महतको भनाइ छ । ‘आम्दानी थोरै र खर्च गर्नुपर्ने क्षेत्र बढी भएकाले पूँजीगत खर्च खुम्चिएको हो,’ उनले भने, ‘आईटी र हाइड्रोको योजनाहरुले अब अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ ।’ विद्युत् प्राधिकरण र उद्योगीबीचको समस्या चाँडै टुंगिनुपर्ने पनि उनले बताए । तिर्नुपर्ने अवस्था हो भने तिर्ने र तिर्नु नपर्ने अवस्था हो भने नतिर्ने गरी यसको छिनोफानो गर्नुपर्ने डा. महतले बताए ।

मैले मन्त्रालय सम्हालेपछि अर्थतन्त्रका धेरै सूचक सकारात्मक भयो : मन्त्री डा. महत

अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको निरन्तर प्रयासपछि पछिल्लो समय अर्थतन्त्रले लय समातेको र चाँडै निर्णायक मोडमा पुग्ने जानकारी दिनुभएको छ । अर्थ मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबाट लिएका सुधारका कार्यक्रमले नतिजा देखाउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा अर्थतन्त्रका धेरै सूचक …

अर्थतन्त्रको सुधारका लागि आन्तरिक सूचक दिगो बन्नुपर्छ

पछिल्लो समय अर्थतन्त्रले लय गुमाएको छ। सरकार भन्छ ढुकुटी बलियो छ। तर लगानीकर्ता त्राहिमाम् अवस्थामा छन्। तरलता अभावका कारण पछिल्लो समयमा निजी क्षेत्र धेरै त्रसित अवस्थामा छ। तर यसलाई समाल्ने सरकारको उपस्थित र परिस्थिति अहिले पनि देखिएको छैन। संकटपूर्ण अवस्थाबाट गुज्रिराखेको अर्थतन्त्रलाई समाल्ने ढंगबाट सरकारले व्यवसायिका लागि नीति ल्याएको छ कि छैन ? यति बेलाको […]

निजी क्षेत्रलाई बैंकको ब्याज र चुनावको चिन्ता

कोभिड महामारीले शिथिल भएको अर्थतन्त्रले विस्तारै लय समाउँदै गर्दा राष्ट्र बैंकको एकपछि अर्को परिपत्रले तनावमा रहेको निजी क्षेत्रलाई अहिले बैंकको ब्याज र चुनावको चिन्ताले सताएको छ ।आर्थिक विकासको लागि राजनीतिक स्थायित्व आवश्यक पर्ने र राजनीतिक स्थायित्वका लागि स्थायी सरकार नै चाहिन्छ भन्नेमा उद्योगी–व्यवसायी पनि जानकार छन् । तर, अहिलेको राजनीतिक दलहरुको ध्रुवीकरण र राजनीतिक वृत्तमा […]

नेपाली अर्थतन्त्रमा रूस–युक्रेन युद्धका बाछिटा

कोरोनाले थिलथिलो पारेको हाम्रो कमजोर अर्थतन्त्रले कोरोनापछि बिस्तारै लय समात्न थालेको अवस्थामा यो युद्धले फेरि हाम्रो अर्थतन्त्रको विकासमा ब्रेक लाग्न थालेको छ । केही समयदेखि चलिरहेको युक्रेन र रूसको द्वन्द्वले ती दुई देशलाई मात्र नभएर बाँकी विश्वका हरेक देशहरूलाई केही न केही असर पारिरहेको छ भने युद्धले तहसनहस भइरहेको देश युक्रेनको अर्थतन्त्र सन् २०२२ मा […]

आर्थिक अजेन्डा प्राथमिकतामा नपर्दा व्यवसायी चिन्तित

राजनीतिक नेतृत्वको पछिल्ला गतिविधिबाट उद्योगपति प्रबलजंग पाण्डे चिन्तित छन्। उद्योगपति पाण्डेलाई लागेको थियो– संघीय गणतन्त्र आइसकेपछि अब सबै राजनीतिक मुद्दाहरू समाधान भैसक्यो, आर्थिक मुद्दाहरूमा देश केन्द्रित हुनेछ र मुलुकको अर्थतन्त्रले लय लिनेछ। पाण्डेल...

अर्थतन्त्रले लय समाउन थाल्यो: महासंघ

नेपाल समाचारपत्र, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेबीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको छ । भेटवार्तामा आगामी जुन महिना अघि नेपाल फ्रान्स विजनेस फोरम बैठक आयोजना गर्ने र उक्त फोरम बैठकमा महासंघका तर्फबाट कोभिडपश्चात नेपालकोआर्थिक अवस्था र नेपालमा लगानी सम्भाव्यता […]

सिंहदरबारमा अर्थमन्त्रीका १०० दिन : असहज अवस्थामा पनि आशा जगाउने काम

अर्थमन्त्रीका रूपमा दोस्रो इनिङको पहिलो सय दिन पूरा गर्दै विष्णु पौडेलले केही जनपक्षीय निर्णयमार्फत अर्थतन्त्रमा सुधारको छनक दिएका छन् । कोरोनाका कारण थलिएको अर्थतन्त्रले पौडेल अर्थमन्त्री बनेर आएपछि लय पकडिन थालेको छ । अर्थमन्त्रीसँग निजी क्षेत्र उत्साहित बनेको छ भने सर्वसाधारणले राहत महशुस गरेका छन् ।  २०७२ सालमा केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री बनेको समयमा अर्थमन्त्री बनेर २०७३ सालमा लोकप्रिय बजेटमार्फत पौडेलले राम्रो छाप छाडेका थिए । दोस्रोपटक अर्थमन्त्री बनेको केही समयमै उनले जनताको मन छुने काम शुरू गरेका हुन् ।&...