पूर्व परराष्ट्रमन्त्री एवं नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले केही दिन पहिले सार्वजनिक भएको अमेरिकी सेना र नेपाली सेनाबिच सम्झौता हुन लागेको भनिएको १० बुँदे मस्यौदाको स्रोत र कारण खोज्नुपर्ने बताएका छन् । शनिबार मदन भण्डारी फाउन्डेसनले गरेको वर्तमान कूटनीतिक अभ्यास र यसका प्रभावहरू विषयक कार्यक्रममा बोल्दै ज्ञवालीले सो १० बुँदे सम्झौताको ड्राफ्ट कहाँबाट सुरु भयो भनेर खोतल्नुपर्ने बताए । उनले प्रधानमन्त्री, पराष्ट्रमन्त्रीले सो ड्राफ्ट झुटो भएको बताए पनि त्यसलाई त्यतिकै छोड्न नहुने र त