विराटनगर । प्रदेश नम्बर १ मा बाढीको कारण ५० हजार हेक्टरमा क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ । काटेको १० हजार हेक्टरसमेत गरी जम्मा उत्पादनमा सम्पूर्ण रुपमा १५ प्रतिशत क्षति भएको छ प्रदेश सरकारको प्रारम्भिक आकलन छ ।
प्रदेशसभाको शुक्रबारको बैठकमा मुख्यमन्त्री भीम आचार्यले बाढीबाट धनजन र अन्नबालीमा भएको क्षतिबारे सदनलाई जानकारी...
विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले भर्खरै वर्षा र बाढीपहिरोका कारण प्रदेशभर ७० जनाले ज्यान गुमाएको जानकारी दिएका छन्। प्रदेश सभामा शुक्रबार विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै मुख्यमन्त्री आचार्यले ७० जनाले ज्यान गुमाएको जनाएका हुन्।
आचार्यले सबैभन्दा बढी पाँचथरमा २८ र त्यसपछि इलाममा १४ ले ज्यान…
बेमौसमी वर्षासँगै आएको बाढी र हावाहुरीले प्रदेश १ मा करिब ५० हजार हेक्टरमा पाकेको धानबालीमा क्षति पुर्याएको प्रारम्भिक आँकलन गरिएको छ । क्षतिको विवरण अझै बढ्न सक्ने प्रदेश कृषि मन्त्रालयको भनाइ छ ।
काठमाडौँ । तीन दिनदेखिको बेमौसमी वर्षाका कारण अन्न भण्डारका रूपमा रहेका सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर तथा प्रदेश १ को सुनसरीमा धानबालीमा अत्यधिक क्षति पुगेको छ । तीन वटै जिल्लामा ३० प्रतिशतसम्म धानबालीमा नोक्सानी भएको सम्बन्धित कृषि ज्ञान केन्द्रहरूले जनाएका छन् । ‘कैलाली र कञ्चनपुरमा वर्षाअघि ४० प्रतिशत धानबाली भित्र्याउन बाँकी थियो,’ सुदूरपश्चिम कृषि निर्देशनालय प्रमुख यज्ञराज जोशीले […]
मोरङ – अविरल वर्षाका कारण प्रदेश १ का विभिन्न जिल्लामा पाक्ने बेला भएको धानबालीमा क्षति पुगेको छ । विराटनगर १ स्थित कृषि विकास निर्देशनालयका अनुसार आइतबार बेलुकाको हावापानी र सोमबार रातिदेखि परेको अविरल वर्षाले धानखेती प्रभावित भएको हो । निर्देशनालयका प्रमुख प्रकाश डाँगीका अनुसार रातिदेखि परेको वर्षाका कारण धानखेतीमा परेको क्षतिको विवरण संकलनको काम भइरहेको […]