काठमाण्डाै – चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको केही खण्ड सञ्चालनमा आएको छ ।
चितवनको भरतपुर महानगरपालिका ११ आँपटारी सबस्टेशनबाट नवलपरासीको अरुण खोलासम्मको झन्डै ५६ किलोमिटर प्रसारण लाइनमा सोमवार विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।
नवलपरासीको दुम्कीबासमा भइरहेको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत् पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण स...