गुगल स्लाइडमा नयाँ सुविधा उपलब्ध, अब काम पहिले भन्दा सजिलो हुने

गुगलले स्लाइड्समा सम्पादन, भ्यू र टिप्पणी जस्ता विभिन्न मोडहरू बीच स्विच गर्न मिल्ने सुविध

सम्बन्धित सामग्री

बजेट कार्यान्वयनमा : सचिवलाई इन्धन खर्चबापत मासिक २१ हजार

काठमाडौं । नेपाल सरकारका सचिवले अब मासिक १२५ लिटर इन्धन बराबरको रकम एकमुष्ट पाउने भएका छन् ।  सवारीसाधन सुविधा पाउने संघमातहतका कर्मचारीलाई इन्धनको सट्टा एकमुष्ट नगद दिनेसम्बन्धी निर्देशिका स्वीकृत गरेर कार्यान्वयनमा ल्याइसकिएको छ । यसअनुसार सचिवले अब मासिक १२५ र सहसचिवले १ सय लिटर डिजेल/पेट्रोल बराबरको रकम एकमुष्ट पाउनेछन् ।  सचिवले पाउने सुविधा हिसाब गर्ने हो भने सोमवारको इन्धनको मूल्यअनुसार १२५ लिटरको प्रतिलिटर १६८ का दरले सचिव स्तरका कर्मचारीले मासिक २१ हजार रुपैयाँ नगदै पाउँछन् । त्यस्तै, सहसचिवले १६ हजार ८ सय पाउनेछन् । उनीहरूले हरेक ३ महीनामा ५ लिटर मोबिल तथा ब्रेक आयलको सुविधासमेत पाउनेछन् । सरकारले विद्युतीय सवारीसाधन प्रयोग गर्ने कर्मचारीलाई पेट्रोलियम कार चढ्नेले पाउने पैसाको आधा दिने भएको छ । यो सुविधा इन्धन प्रयोग हुने सवारीका सचिवले पाउने १२५ लिटरको आधा ६३ लिटर हुन आउँछ । उक्त सुविधा बराबर नगद पनि मासिक ११ हजार ५ सयभन्दा बढी हुन्छ । सरकारले इन्धनबापत नगदै भुक्तानी गर्ने नाममा मासिक चार्जबापत न्यून खर्च हुने र इन्धन प्रयोग नै नहुने सवारीसाधनका नाममा समेत रकम बाँड्ने भएको छ । अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भई बिदामा रहेको वा प्रचलित कानूनबमोजिम कुनै कारणले निलम्बनमा परेको समयमा उक्त अवधिभर इन्धनबापत पाउने सुविधा उपलब्ध नगराइने व्यवस्था निर्देशिकामा तुलनात्मक रूपमा विद्युतीय कारले निकै कम मूल्यको विद्युत् खपत गर्छ । काठमाडौं उपत्यकामा विद्युतीय कार चलाउँदा मासिक ३ देखि ४ हजार रुपैयाँभन्दा बढी खर्च हुँदैन । तर, सरकारले विद्युतीय कार चलाउने कर्मचारीलाई खुशी पार्न विद्युत् लागतको तीन गुणाभन्दा धेरै पैसा दिने भएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा इन्धनको सट्टा नगद दिने व्यवस्था गरिने उल्लेख गरेको थियोे । सोहीअनुसार अर्थ मन्त्रालयले इन्धनसम्बन्धी निर्देशिका बनाएर स्वीकृत गरेको हो । आव २०८०/८१ को बजेटले नै घोषणा गरेअनुसार तयार भएको निर्देशिका गतसाता बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद प्रदान गर्ने निर्देशिका, २०८० अर्थ मन्त्रालयले प्रस्ताव गरेको थियो । इन्धनबापतको भुक्तानी नगदमै दिँदा सुविधाजस्तो हुने र तरीका पनि सजिलो हुने भएकाले नयाँ निर्देशिका बनाएर कार्यान्वयनमा ल्याइएको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले बताए ।  बजेटमा भएको व्यवस्थाअनुसार इन्धन सुविधालाई सरलीकृत गरिएको उनको भनाइ छ । यो निर्देशिका संवैधानिक अंग वा निकाय, अदालत, नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालयलगायत केन्द्रीय स्तरका निकायमा कार्यरत सचिव र सहसचिव स्तर वा सोसरहमा लागू हुनेछ । त्यस्तै प्रदेश सरकारले र नेपाल सरकारको स्वामित्वमा रहेका संगठित संस्थाले निर्देशिकाको व्यवस्थालाई मार्गदर्शनका रूपमा लिएर कार्यान्वयन गर्न सक्ने निर्देशिकामा भनिएको छ । अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भई बिदामा रहेको वा प्रचलित कानूनबमोजिम कुनै कारणले निलम्बनमा परेको समयमा उक्त अवधिभर इन्धनबापत पाउने सुविधा उपलब्ध नगराइने व्यवस्था निर्देशिकाले गरेको छ ।

नेपाल टेलिकमले ल्यायो अटम अफर, यस्ता छन् प्याकेज

नेपाल टेलिकमले अटम अफर २०७९ सञ्चालनमा ल्याएको छ । कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्यधिक रुचाएको पाइएकोले यसमा सोही अफर अन्तर्गत केही प्याकहरुलाई अद्यावधिक र केहीलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।टेलिकमका अनुसार यही असोज २९ गतेदेखि कार्यान्वयनमा ल्याइएको यो अफर बढीमा आगामी ९० दिनसम्म सञ्चालनमा रहने छ । यस अन्तर्गत सजिलो प्रिपेड कम्बो अफर, सजिलो अनलिमिटेड प्रिपेड प्याक, सस्तो प्रिपेड प्याक, अननेट एसएमएस प्याक र इन्डिया कल अफर लगायतका विभिन्न प्याकहरु सञ्चालनमा ल्याइएकोे छ । सजिलो प्रिपेड कम्बो ३४९ अन्तर्गत प्रतिदिन ५०० एमबी डाटा, प्रतिदिन ५० मिनेट (अल नेटवर्क) भ्वाइस र दैनिक ५० वटा (अल नेटवर्क) सन्देश पठाउन सकिने लगायतका सुविधा उपलब्ध छन् । अन्य प्याकहरु र अफरमा पनि विभिन्न आकर्षक सुविधाहरु उपलब्ध रहेका छन् ।अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

अब ‘खल्ती’बाट निःशुल्क बैंक खातामा पैसा पठाउन सकिने

काठमाडौँ। पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ। यस मार्फत प्रयोगकर्ताहरूले निःशुल्क जहाँसुकै बसी ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्छन्।

खल्तीबाट अब बैंक खातामा निःशुल्क रकम पठाउन सकिने

पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले नि:शुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ । यस मार्फत प्रयोगकर्ताहरूले नि:शुल्क जहाँसुकै बसी  ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्छन् । प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रिया सरल र सजिलो प्रक्रिया बनाउन खल्तीले यो अफर ल्याएको जनाएको छ । खल्तीबाट प्रति...

सीतापाइलामा फोटोन मोटर्सको वर्कसप

काठमाडौं (अस) । नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले काठमाडौंको सीतापाइलामा वर्कसप सञ्चालनमा ल्याएको छ । ग्राहकलाइ छिटो र सजिलो सुविधा उपलब्ध गराउने उद्देश्यले वर्कसप खोलिएको फोटोन मोटर्सका सर्भिस हेड विदेसमानसिंह डंगोलले बताए । फोटोनको वर्कसपमा यात्रु प्रतीक्षालय निर्माण गरिएको डंगोलको भनाइ छ । ग्राहकले गाडी दिएको एक घन्टाभित्र सर्भिस पाइसक्ने दाबी उनको छ । १० सर्भिस वे भएको यो वर्कसप २१ हजार वर्गफिटमा फैलिएको कम्पनीले जानकारी दिएको छ । ९ हजार वर्गफिटको पार्टस् काउन्टर र २ हजार ७ सय वर्गफिटको पार्टस् गोदाम पनि निर्माण गरिएको छ ।

मेरो शेयरको पासवर्ड बिर्सिएमा अब आफैले रिसेट गर्न सकिने, यस्तो छ सजिलो तरिका

मेरो शेयरको पासवर्ड बिर्सिएमा अब आफैले रिसेट गर्न सकिने भएको छ । सीडीएससी एण्ड क्लियरिङ लिमिटेडले मेरो शेयरको पासवर्ड बिर्सिएमा आफैले रिसेट गर्न सकिने सुविधा उपलब्ध गराएको हो ।  यो सुविधा उपलब्ध भएसँगै पासवर्च बिर्सिएको कसयमा सम्बन्धित डीपीमै सम्पर्क गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । मेरो शेयरको पासवर्ड रिसेट गर्न शुरूमा मेरो शेयर लगइन गर्ने ठाउँमा जानुहोस्...

गरिमा विकास बैंकले ल्यायो ‘सजिलो घर कर्जा योजना’

गरिमा विकास बैंकले सजिलो घरकर्जा योजना ल्याएको छ । आफ्नै घर बनाउन चाहनेहरूका लागि बैंकले ‘सजिलो घर कर्जा योजना’ ल्याएको हो । यो योजनाअन्तर्गत ९.९९ प्रतिशत ब्याजदरमा कर्जा लिन सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले जानकारी दिए । बैंकका अनुसार यो योजनामा सहभागी ग्राहकले कर्जा लिँदा २ वर्षसम्म ब्याज मात्र भुक्तानी गर्न सक्ने छन् । लागत बराबरको सम्पूर्ण कर्जा सुविधा उपलब्ध गराउने पनि बैंकले जनाएको छ ।

प्रभु म्यानेजमेन्ट र सोसियल मिडिया एप सगुनबीच सहकार्य सम्झौता

२ साउन, काठमाडौं । सगुनले प्रभु म्यानेजमेन्टसँग सहकार्य सुरु गरेको छ। दैनिक कार्यहरुलाई सजिलो बनाइदिन सुविधा उपलब्ध गराउन उक्त साझेदारी गरीएको हो। यी कम्पनीकाअनुसार प्रयोगकर्ताहरुले बिजुली, पानी, इन्टरनेट, टिभीको बिल तिर्न सक्ने तथा पैसा पठाउनेर पाउने, बैंकमा …

रु. ६३६ मा असीमित कल

नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न सक्ने सुविधा ल्याएको छ । ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ नाम दिइएको उक्त प्याकेजको खरिदमा प्रयोगकर्ताले त्यससँगै अन्य नेटवर्कमा एक सय मिनेट कल र कम्पनीकै नेटवर्कभित्र १५० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध गराएको छ ।