जोडिने भयो त्रिवि क्रिकेट मैदानमा बत्ती

काठमाडौं । सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बत्ती जडान गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारले उक्त घोषणा गरेको हो । यससँगै नेपालको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पहिलोपटक रात्रिकालीन खेल गर्न सक्ने वातावरण बन्ने भएको हो । त्रिवि क्रिकेट मैदानमा गत असोजमा सम्पन्न भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडियटर्सबीचको खेल सुपर ओभरमा पुगेको थियो । उक्त ओभरको खेल पूरा गर्न राति भएपछि उज्यालोको कमीले खेल बराबरीमा टुंग्याएर अंक बाँड्नुपरेको थियो । आइतवार संसद्मा प्रस्तुत बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले उक्त मैदानमा बत्ती जडान गरिने घोषणा गरेका हुन् । त्यस्तै काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तरराष्ट्रिय क्रिकेट मैदानको निर्माण एक वर्षभित्र सक्ने लक्ष्य सरकारले लिएको छ ।  साथै, चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट मैदान निर्माणको काम प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा पूरा गरिने घोषणा गरिएको छ । सरकारले ‘एक स्थानीय तह : एक खेलग्राम’ कार्यक्रमलाई निरन्तरता दिएको छ । बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी तथा रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेको छ । त्यस्तै धनगढीको फाप्लामा अन्तरराष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला निर्माण गरिने बजेट वक्तव्यमा उल्लेख छ । खेल पूर्वाधार निर्माण गर्न सरकारले आगामी आर्थिक वर्षका लागि ८७ करोड रुपैयाँ विनियोजन गरेको छ । नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक रकम विनियोजन गरिएको मन्त्री शर्माले घोषणा गरे । त्यस्तै दशौं राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार तयार गरिने भएको छ । खेलकुद पर्यटनको प्रवर्द्धन गर्न सार्वजनिक निजी साझेदारीमा साहसिक खेल पूर्वाधार बनाइने सरकारले घोषणा गरेको छ । सरकारले युवाको क्षेत्रमा आगामी आर्थिक वर्षका लागि केही पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । युवालाई उत्पादनमूलक उद्यममा आकर्षण गर्न तालीम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रम चालू आवकै निरन्तरता हो । उक्त कार्यक्रम अन्तर्गत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सरकारी नीति छ । उक्त कार्यक्रम चालू आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा पनि उल्लेख छ । त्यस्तै युवाको उत्पादनशील क्षमता उपयोग गर्न युवा तथा साना व्यावसायिक स्वरोजगार कोषमार्फत थप १२ हजार युवालाई स्वरोजगार बनाउने सरकारी कार्यक्रम छ । सरकारले स्थानीय तह, बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा बिजनेश इन्क्युबेशन सेन्टरमार्फत १० हजार युवालाई उद्यमशीलता तालीम दिने घोषणा गरेको छ । हालै सम्पन्न स्थानीय तहको चुनावमा म्यादी प्रहरीको रूपमा खटिएका युवालाई लक्षित कार्यक्रम पनि सरकारले अघि सारेको छ । ‘म्यादी प्रहरीको रूपमा राष्ट्र सेवामा संलग्न युवाहरूलाई लक्षित गरी उद्यमशीलता र स्वरोजगार केन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ,’ बजेट वक्तव्यमा उल्लेख छ । म्यादी प्रहरी भएर खटिएका युवाको रुचिको आधारमा तालीम दिएर कृषि, वनजन्य र अन्य उद्यममा संलग्न हुने अवसर उपलब्ध गराइने अर्थमन्त्री शर्माले बताए । त्यस्तै सञ्चित सुरक्षा बलको रूपमा पनि म्यादी प्रहरीलाई उपयोग गर्न सकिने समेत सरकारले घोषणा गरेको छ । त्यस्तै निजी क्षेत्रलाई खेल विश्वविद्यालय खोल्न प्रोत्साहन गरिने सरकारले घोषणा गरेको छ । विदेशी क्लबहरूलाई नेपालमा फ्रेञ्चाइज लिग आयोजना गर्न अनुकूल वातावरण बनाउने सरकारले बताएको छ । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि समग्रमा २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सम्बन्धित सामग्री

नेपाललाई चौथो झट्का, अर्धशतक बनाएर कप्तान रोहित आउट

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेदरल्यान्डसँगको टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाली कप्तान रोहित पौडेल अर्धशतक बनाएर आउट हुन पुगेका छन्।...

अर्धशतक बनाउनबाट चुके कप्तान पौडेल, मल्ल ३२ रनमा आउट

त्रिदेशिय टी–२० श्रृङ्खला अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले चौथो विकेट गुमाएको छ।...

त्रिदेशिय टी–२० श्रृङ्खलाः यस्तो छ नेपालको प्लेइङ्ग-११

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नामिबियाले टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गर्दै नेपाललाई फिल्डिङ्गका लागि निम्तो दिएको हो।...

त्रिदेशिय टी–२० श्रृङ्खला: नेपाल र नामिबिया भिड्दै

नेपाल र नामिबियाबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः३० बजे सुरु हुनेछ।

कुशलको अर्धशतक पूरा

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्विरुद्ध जारी खेलमा भुर्तेलले राम्रो प्रदर्शन गर्दै ५० रन पूरा गरेका छन्।...

कुशलको अर्धशतक पूरा

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्विरुद्ध जारी खेलमा भुर्तेलले राम्रो प्रदर्शन गर्दै ५० रन पूरा गरेका छन्।...

२५ ओभर सकिँदा ३ विकेट गुमाएर शतक नजिक क्यानडा

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भइरहेको खेलमा नेपाली कप्तान रोहित पौडेलले टस जितर फिल्डिङ रोजेका छन्।...

वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न (तस्बिरहरु)

काठमाडौँ – एसिसी प्रिमियर कप क्रिकेटको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाका कारण रोकिएको छ। भारी वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जलमग्न भएको छ। कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा वर्षा सुरु भएको थियो। खेलमा नेपालले कुवेतलाई २ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। वर्षा नरोकिएपछि खेल रद्द भएको छ। […]

पीएनजीविरुद्धको खेलमा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (फोटोफिचर)

काठमाडौं, १७ चैत । काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो खेलमा नेपालले ३७ रनको जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पीएनजी लाई ३७ रनले हराउँदै नेपाल टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल प्रवेश गरेको हो । जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । […]

ईपीएलका लागि सिंगारियो त्रिवि क्रिकेट मैदान (फोटो फिचर)

८ असोज काठमाडौं ।  बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण शनिबारदेखि सुरु हुँदैछ ।  नेपालकै चर्चित टी २० फ्रेन्चाइज क्रिकेटको चौथो संस्करणका लागि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सिंगारिएको छ । पिच, मैदानको आउटफिल्ड देखि बाउन्ड्री बाहिर डिजिटल बोर्ड लगायत आकर्षक तरिकाले राखिएको छ ।  प्रतियोगिता सुरु हुनु एकदिनअघि सम्म पनि टीयू मैदानमा […]