१६ चैत, काठमाडौं । त्रिदेशीय कप फुटबलको उपाधिका लागि सोमबार नेपाल र बंगलादेशबीच खेल हुँदैछ । दशरथ रंगशालामा हुने फाइनल खेलका लागि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले दुई खेलाडी परिवर्तन गरेका छन् । अघिल्लो दुई खेलमा पहिलो रोजाईमा खेलेका अभिषेक रिजाल र रविकुमार पासवानको ठाउँमा सोमबार सुनील बल र विशाल राईले स्थान बनाएका छन् ।