कोरोना संक्रमित एक युवकको आज विहान मृत्यु भएको छ । बिर्तामोड महानन्द चौकमा सिसाको पसल गरि बस्ने ४० बर्षिय एक युवकको आज विहान निधन भएको हो । उहाँ पाँच दिनदेखि विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचार गराइरहनुभएको थियो । उहाँको बिहिबार विहान मृत्युभएको र अहिले कनकाई माइमा अन्तिम संस्कार गरिने मृततकी श्रीमतीले बताउनुभयो ।