पर्साको वीरगंजमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत संक्रमित बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ३ बघदेव ठेगाना भएका २२ वर्षीय युवकको मृत्यू भएको हो ।उनलाई भेन्टिलेटर सपोर्टका लागि माघ १० मा आइतबारका दिन एक निजी अस्पतालबाट नारायणी अस्पतालमा पठाईएको थियो । संक्रमित युवकको मंगलबार नै मृत्यु भएको अस्पतालले जनाएको छ ।नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले माघ १० मा संक्रमण पुष्टि भएका युवकले कोरोनाविरुद्धको भ्याक्सिन लगाएका थिएनन् ।गम्भी