आगामी मंसिर ४ मा तोकिएको आमनिर्वाचनमा प्रतिनिधिसभातर्फ ललितपुर–१ बाट ११ दलका ११ जना र १० जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उदयशमशेर राणा र एमालेका नवराज सिलवाल प्रमुख प्रतिस्पर्धी हुन् ।
२१ जना उम्मेदवार रहेको ललितपुर क्षेत्र नम्बर १ मा मुख्य प्रतिस्पर्धा भने पुरानै अनुहारबीच हुने भएको छ । २०७४ सालको संसदीय चुनावमा आमनेसामने भएका एमालेका नवराज सिलवाल र कांग्रेसका उदय शमशेर राणा यसपटक पनि चुनावी मैदानमा हुनुहुन्छ । २०७४ सालको संसदीय चुनावमा वाम गठबन्धनका उम्मेदवार सिलवालले २६ हजार ९ सय ५१ मत ल्याएर विजयी हुनुभएको थियो । कांग्रेसका राणाले भने त्यस बेला २० हजार मत प्राप्त गर्नु भएको थियो ।
अहिले सिलवाल जित दोहोर्याउने दाउमा हुनुहुन्छ भने राणा २०७४ को बदला लिने सोचमा हुनुहुन्छ । सिलवाल त्यसबेला वाम...