काठमाडौं : माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव खुमलटार पुगेका छन्। सत्ता गठबन्धनको बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको हो। प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए। एमसिसीमा सहमति जुटाउन बिहीबार बसेको गठबन्धनको बैठक विना निष्कर्ष