महासंघको कार्यसमिति सदस्यमा सुनिल केसी निर्विरोध चयन

नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा सुनिल केसी चुनिएका छन् । द्विराष्ट्रिय उद्योग वाणिज्यसंघको तर्फबाट केसीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । केसी नेपाल–भारत उद्योग वाणिज्य संघको उपाध्यक्ष रहेका छन् । तीन वर्षे कार्यकालका लागि उनी महासंघमा सदस्य निर्वाचित भएका हुन् । केसी एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्स (एआईडीआईए) का […]

सम्बन्धित सामग्री

महासंघको सदस्यमा सुनिल केसी निर्विरोध चयन

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य पदमा निर्विरोध चयन भएका छन् । महासंघमा आबद्ध द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरू मध्येबाट महासंघको कार्यसमितिमा एकजनाले प्रतिनिधित्व गर्न पाउने व्यवस्था भए बमोजिम उक्त पदमा केसी निर्विरोध चयन भएका हुन् । उनलाई द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरूको समूह ‘अलायन्स अफ बाई नेशनल चेम्बर्स’को समूहले सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेको थियो ।

बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा,अध्यक्षमा उपाध्याय

नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा भएको छ । संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध चयन भएका छन् । नव निर्वाचित अध्यक्ष कृषि विकास बैंकका कार्यकारी अधिकृत हुन् भने संघका निवर्तमान उपाध्यक्ष समेत हुन् ।यस्तै संघको उपाध्यक्षमा एनएमबी बैकका सिईओ सुनिल केसी चयन भएका छन् । यस्तै अन्य सदस्यहरुमा अजय विक्रम शाह,अनुपमा खुन्जेली, दिपकुमार डे, कृष्णबहादुर अधिकारी, रोशन न्यौपाने, सन्तोष कोइराला र सुमन शर्मा चयन भएका छन् । नयाँ कार्यसमितिको समयावधि अबको दुई वर्ष हुन

नेपाल बैंकर्स संघको अध्यक्षमा उपाध्याय निर्विरोध निर्वाचित

कात्तिक २३, काठमाडौं । नेपाल बैंकर्स संघको मंगलवार सम्पन्न साधारण सभाले अनिल कुमार उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।  उनी  कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) हुन् ।  संघको उपाध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मेगा बैंककी अनुपमा खुञ्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, लक्ष्मी बैंकका अजयबिक्रम शाह, सनराइज बैंकका सुमन शर्मा, नेपाल एसबिआई बैंकका दिपक कुमार दे, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआईसी एशिया बैंकका रोशन कुमार न्यौपाने चयन भएका छन् । यस्तै संघका पुर्व अध्यक्षहरू ज्ञानेन्द्र प्रसाद ढुंगाना, अनिश केशरी शाह, अशोक शम्सेर राणा संघको सल्लाहकारमा चयन भएका छन् । निवर्तमान अध्यक्ष भुवन कुमार दाहालको दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षको लागि संघको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।