बैंकर्स संघको अध्यक्षमा सुनिल केसी, उपाध्यक्षमा सन्तोष कोइराला निर्विरोध - BIZMANDU

काठमाडौं। नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्विरोध निर्वाचित भएका छन्। उनी उपाध्यक्ष थिए। उनी अध्यक्ष भएपछि रिक्त उपाध्यक्षमा सन्तोष कोइराला निर्विरोध चयन भएका छन्। केसी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् भने कोइराला माछापुच्छ्रे बैंकका। यसअघिका अध्यक्ष अनिल उपाध्यायको कृषि विकास बैंकमा कार्यकाल सकिएपछि स्वत: बैंकर्स संघबाट हटेका थिए। संघमा अध्यक्ष तथा कार्यसमितिको कार्यकाल […]

सम्बन्धित सामग्री

बैंकर्स संघको अध्यक्षमा सुनिल केसी, उपाध्यक्षमा कोइराला

२७ पुस,काठमाडौं । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न विशेष साधारण सभाले एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीलाई अध्यक्ष चुनेको हो । यसअघि केसी संघको उपाध्यक्ष थिए । केसीलाई अध्यक्षमा निर्वाचित गरेपछि संघको उपाध्यक्षमा सन्तोष कोइराला निर्वाचित भएका छन् । उनी माछापुछ्रे बैंकका प्रमुख कार्यकारी […]

बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा,अध्यक्षमा उपाध्याय

नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा भएको छ । संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध चयन भएका छन् । नव निर्वाचित अध्यक्ष कृषि विकास बैंकका कार्यकारी अधिकृत हुन् भने संघका निवर्तमान उपाध्यक्ष समेत हुन् ।यस्तै संघको उपाध्यक्षमा एनएमबी बैकका सिईओ सुनिल केसी चयन भएका छन् । यस्तै अन्य सदस्यहरुमा अजय विक्रम शाह,अनुपमा खुन्जेली, दिपकुमार डे, कृष्णबहादुर अधिकारी, रोशन न्यौपाने, सन्तोष कोइराला र सुमन शर्मा चयन भएका छन् । नयाँ कार्यसमितिको समयावधि अबको दुई वर्ष हुन

नेपाल बैंकर्स संघको अध्यक्षमा उपाध्याय निर्विरोध निर्वाचित

कात्तिक २३, काठमाडौं । नेपाल बैंकर्स संघको मंगलवार सम्पन्न साधारण सभाले अनिल कुमार उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।  उनी  कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) हुन् ।  संघको उपाध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मेगा बैंककी अनुपमा खुञ्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, लक्ष्मी बैंकका अजयबिक्रम शाह, सनराइज बैंकका सुमन शर्मा, नेपाल एसबिआई बैंकका दिपक कुमार दे, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआईसी एशिया बैंकका रोशन कुमार न्यौपाने चयन भएका छन् । यस्तै संघका पुर्व अध्यक्षहरू ज्ञानेन्द्र प्रसाद ढुंगाना, अनिश केशरी शाह, अशोक शम्सेर राणा संघको सल्लाहकारमा चयन भएका छन् । निवर्तमान अध्यक्ष भुवन कुमार दाहालको दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षको लागि संघको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।