कैलाली । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम अध्यक्षमा अरुण कुँवर चयन भएका छन् । डोटीमा आज सम्पन्न युवा संघको प्रदेश अधिवेशनबाट अध्यक्षमा कुँवर चयन भएका हुन् । यस्तै, अधिवेशनबाट उपाध्यक्षमा बमबहादुर शाही, सचिवमा प्रकाश खड्का, सह-सचिवमा रामबहादुर रोकाया र दिपेन्द्र खड्का, कोषाध्यक्षमा खगेन्द्र नाथ चयन भएका छन् ।