मेटिन थाल्यो ३०० वर्ष पुराना सम्पदाको अस्तित्व

म्याग्दी : सम्पदा संरक्षणमा कसैको चासो नहुँदा ३०० वर्षभन्दा पुराना देवल नष्ट हुन थालेका छन्।सदरमुकाम बेनी लगायत जिल्लाका ६ वटै स्थानीय तहमा रहेका  पुरातात्त्विक तथा शिखरशैलीका देवल तथा अन्य सम्पदा नष्ट हुन थालेका हुन्।सदरमुकाम बेनीबजारमा रहेका ३०० वर्षभन्दा पुराना तीन वटा प्राचीन सम्पदाको बारेमा नयाँ पुस्ता अनभिज्ञ रहेका स्थानीय प्रकाश श्रेष्ठले बताए। बेनीमा रहेका कोत मन्दिर, बेनी शिवालय मन्दिर र बालमुक्तेश्वर महादेवको देवलको अस्तित्व हराउन लागेको उनले बताए।वि.सं १७५४ मा तत्कालिन पर्वत

सम्बन्धित सामग्री

प्रकृतिमाथि पैसा र प्रविधि

प्रकृतिमा मानव समुदाय मात्र छैन, यहाँ मानव जातिको अस्तित्व आउनुपूर्व नै कैयौँ सूक्ष्म एककोषीय जीवको अस्तित्व थियो । साथै अन्य ठुलासाना जीवको पनि आश्रयस्थल । आधुनिक सभ्यताको विकासका क्रममा मानव जातिले बुद्धि र विवेकको भरमा प्रकृति र प्राकृतिक जीवमाथि धावा बोल्न थाल्यो । त्यसपछि अन्य जीवको अस्तित्व सङ्कटमा पर्न थाल्यो । कतिपय जीवजन्तुले भने आफूलाई समय अनुकूल परिवर्तन गर्दै आफ्नो अस्तित्वलाई जोगाइराख्न सफल भए । कतिपय जीवजन्तुलाई मानिसले बाँच्ने आधार बनाए । सृष्टिकालदेखि प्रकृतिले मान्छेलाई भोको राखेको थिएन, भेदभाव गरेको थिएन तर मान्छेले भेदभाव र भोकै राख्न बाँकी राखेन । उत्परिवर्तनको सिद्धान्त यहाँ केवल मानव जातिमा मात्र हुन्छ भन्ने कुरामा सीमित राख्न खोजियो तर सुरु सुरुमा बलियोले निर्धोलाई पछा¥यो । जित्नेले आफूलाई शासक बनायो । बलकै भरमा शक्तिशाली बन्ने होडमा मर्न र मार्न पछि परेन । युद्धकै कारण जङ्गली युगबाट निस्किएर नदी किनारमा रोपिएका प्राचीन सभ्यता तहसनहस बनायो

कृषि कर्मको मर्यादा

एक लाख ४७ हजार १८१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको सानो राष्ट्र हो नेपाल। मानिसले आफ्नो अस्तित्व रक्षा गर्न सुरुवाती अवस्थादेखि नै विभिन्न सङ्घर्ष गरे। कहिले जङ्गली फलफूल र कन्दमूल मात्र खाए त कहिले वन्यजन्तुको सिकार गरेर काँचोकचिलो मासुले पेट भरे; जुन बेला आगोको आविष्कार भएको थिएन। समाज विस्तारको क्रमसँगै उपयुक्त हावापानी र वातावरणमा खाद्य बाली उत्पादन हुन थाल्यो। मानव सभ्यताको यो प्रक्रियाबारे इतिहास हाम्रासामु प्रस्टै छ।

एक दशकमा प्रदेश १ तीव्र शहरीकरणतर्फ, यी हुन् १४ जिल्लाका १०० बढी शहर बजार

विराटनगर ।  पूर्व–पश्चिम राजमार्ग बन्नुअघि इटहरीको अस्तित्व सामान्य बस्तीका रूपमा थियो । राणाकालमा सतन चौधरीले गैसार भन्ने ठाउँमा जंगल फाँडी यहाँ बसोबास शुरू गरे । अहिलेको इटहरी चोकभन्दा एक किलोमीटर दक्षिणमा रहेको गैसारबाट उत्तरमा ढेडु टोलसम्म फैलिएको बस्तीले आधुनिक रूप धारण गर्न राजमार्ग नै बन्नुपर्‍यो ।  त्यसअघि पूर्वबाट राजधानी जान विकट पहाडी बाटाहरूको प्रयोग हुन्थ्यो । महीनौं हिँडेर राजधानी पुग्नुपर्थ्यो । गाडी चढ्नुपरे भारतको बाटो हुँदै रक्सौलसम्म पुगिन्थ्यो र वीरगञ्ज नाकाबाट राजधानी जानुपर्थ्यो । राजमार्ग निर्माणसँगै यो सवारी चालकहरू बस्ने ‘जक्शन’ बन्यो । बिस्तारै आवागमनको केन्द्र पनि । त्यसपछि यसले रूपै फेर्‍यो । जोगबनीदेखि पहाड उक्लिने बाटाले यहीँनेर पूर्व–पश्चिम राजमार्गलाई छेड्यो । अनि, इटहरी पूर्वकै व्यस्त शहर बन्यो । गाउँबाट उठेर २०५३ मा नगरपालिका घोषित इटहरी २०७१ मङ्सिरमा उपमहानगरपालिका बन्यो । सुखद संयोग प्रदेश १ का दुई उपमहानगरपालिका सुनसरीमै ‘जुम्ल्याहा’ रूपमा छन्, इटहरी र धरान । यी दुवैले यो प्रदेशको वैभवलाई प्रतिनिधित्व गर्छन् । बितेको दशकमा इटहरी मात्र होइन, यसको पश्चिमको पकली, उत्तरको हाँसपोसा र दक्षिणको खनारसमेत शहरीकरणमा समेटिएका छन् । र, इटहरी–धरानको खाली–सीमा मेटिँदै गएको छ । उदाहरण इटहरीको भए पनि मुहार यो सिंगो पूर्वी नेपालको हो । केही वर्षयता यहाँ शहरीकरणको गति तीव्र छ । १९७० सालसम्म दमक दलदल क्षेत्र थियो । झापाको पुरानो बजार गौरीगञ्ज र मोरङको मधुमल्ला आउजाउ गर्दा त्यही दलदल बाटो हिँड्नुपर्थ्यो । त्यही भएर आदिवासी धिमाल समुदायले यसलाई ‘दालदालीको दामा’ भन्ने गर्थे । त्यही शब्द अपभ्रंश हुँदै दमक नामकरण हुन पुगेको दमक नगरपालिकाका पूर्वउपप्रमुख मोहन धिमालले बताए । त्यसपछि विस्तारै नजिकैको रतुवा बगरमा बुधवार बजार लाग्न शुरू भएको थियो । अनि, बजारीकरणतर्फ लाग्यो । २०३९ मा नगरपालिका बनेको दमक तीव्र विकासका साथ अघि बढिरहेको छ । दमकमा विश्वकै अग्लो बुद्ध मूर्ति, क्लिन इन्डस्ट्रियल पार्क, भ्यु टावर निर्माण गर्ने ठूला योजना प्रस्ताव गरिएका छन । निर्माणाधीन अन्य योजनामा फाल्गुनन्द सभागृह, नमूना बजार, फोहोरमैला प्रशोधन केन्द्र, चक्रपथलगायत छन् ।  प्रदेश १ को राजधानी विराटनगर घोषणा भयो । तर, यसको नामकरणका लागि दलहरूबीच सहमतिका प्रयास भइरहेको छ । विराटनगरको विकासको गति र फैलावट पनि गतिशील छ । २२ किलोमीटर पूर्वमा रहेको रंगेलीबाट १९७१ सालमा मोरङको सदरमुकाम यहाँ सारिएको हो । २००८ सालमा नगरपालिका घोषित विराटनगर ११ वर्षअघि उपमहानगरपालिका बन्यो । यही वर्ष महानगरपालिका बनिसकेको छ । भवन तथा शहरी विकास डिभिजन कार्यालय विराटनगरका डिभिजनल इन्जिनीयर श्यामकिशोर सिंहका अनुसार सार्क क्षेत्रमै शहरीकरणको गति नेपालको बढी छ । ‘नेपालभित्र पनि सातओटा प्रदेशमध्ये १ नम्बरमा तीव्र गतिमा शहरीकरण भइरहेको छ,’ उनले भने, ‘यसको कारण हो, बसाइँसराइ । पूर्वाधार र सुविधा भएका क्षेत्रमा बसाइ सर्ने क्रम बढेको छ । यसले शहरीकरणमा दबाब पुगेको छ । आर्थिक गतिविधि शहरमै बढी छ । सुविधा बढी भएकाले शहरले गाउँका मान्छेलाई तानिरहेको छ, गाउँले शहरतिर ठेलिरहेको छ ।’ नगरमा गुरुयोजना बनाएर बस्ती विकास, बाटो सञ्जाल, विद्यालय, डम्पिङ साइटजस्ता कुरामा ध्यान दिनु जरुरी रहेको उनले औंल्याए । ‘धेरै गाउँ हुँदा पहिला सानो जनसंख्या थियो, सानै शक्ति थियो । अब एकीकृत हुँदा ठूलो जनसंख्या भएको छ र यसले ठूलै शक्ति निर्माण गरेको छ । यसलाई विकासमा लगाउनुपर्छ,’ उनले भने । सिंहका अनुसार राजमार्ग आसपास क्षेत्रमा बढी शहरीकरण भइरहेको छ । यसले गर्दा आर्थिक गतिविधि पनि वृद्धि भइरहेको छ । पूर्वतिर रंगेली, उत्तरतिर धरानसम्म गाभेर यसलाई ‘बृहत्तर विराटनगर महानगर’ बनाउन सकिने योजनाविद्हरू बताउँछन् । त्यति मात्र होइन, विराटनगर देशकै ठूलो महानगरको अवस्थिति बोकेको शहर हो । पूर्वतिर रंगेली, उत्तरतिर धरानसम्म गाभेर यसलाई ‘बृहत्तर विराटनगर महानगर’ बनाउन सकिने योजनाविद्हरू बताउँछन् । बीचतिर इटहरी, इनरुवालगायत शहर यसमा जोडिनेछन् । डिभिजनल इन्जिनीयर श्यामकिशोर सिंहले पनि शहरी विकासलाई उच्चस्तरमा लैजान यो अवधारणा उचित हुने बताए । तत्कालीन योजना आयोगमा शहरी विकाससम्बन्धी जिम्मेवारी वहन गर्ने सदस्य डा. सुनीलबाबु श्रेष्ठ भन्छन्, ‘सिँगै देशमा शहरीकरणको गति तीव्र छ, त्यसभन्दा तीव्र १ नम्बर प्रदेशमा छ ।’ राज्यको पुन:संरचनाका क्रममा स्थानीय तह शक्तिशाली भएका छन् । साविक गाविस/नगरपालिका गाभेर ठूला आकारका गाउँपालिका/ नगरपालिका बनाइएका छन् । तिनलाई अधिकारसम्पन्न बनाइएका छन् । स्रोतको उत्पादनदेखि परिचालनसम्मका स्वायत्तता दिइएका छन्। यसले पनि शहरीकरणमा बल पुग्ने विज्ञहरूको अपेक्षा छ । सरकारले शहरीकरणका लागि केही नयाँ योजनासमेत अघि सारेको छ । त्यसमध्ये एउटा हो ‘एक शहर एक पहिचान ।’ श्रेष्ठका अनुसार यसका लागि प्रदेश १ का विभिन्न शहरले ‘पहिचान’ का प्रस्तावहरू हालिरहेका छन् । ‘धनकुटाले खाद्य हरियाली नगरका रूपमा पहिचान चाहेको छ,’ उनले भने, ‘यो यस्तो योजना हो, जसमा कृषिमा आत्मनिर्भरतासहित हरियालीलाई प्राथमिकता दिइन्छ । जस्तो– घरमा फलफूलको बगैंचा लगाउने । यसले हरियालीसँगै आम्दानी पनि हुन्छ ।’ दमक, इलामलगायत शहरले पनि ‘पहिचान’ का परियोजना बनाइरहेको उनले जानकारी गराए । त्यस्तै, सरकारको अर्को योजना हो– ‘स्मार्ट भिलेज ।’ त्यसका लागि पनि ठाउँ छनोट भइरहेको उनले जानकारी दिए । उनका अनुसार यस वर्ष ३ ओटा खाद्य हरियाली शहर र ७५ ओटा ‘स्मार्ट भिलेज’ बनाउने तयारी छ । नेपालमा यति धेरै नगर घोषणा गरिएका छन् कि हामी नगरवासीका रूपमा दक्षिण एशियामा एक नम्बरमा छौं । देशभर नगरवासीको संख्या ५८ दशमलव ४ प्रतिशत पुगेको छ । तर, कतिपय नगरपालिकामा पूर्वाधार कमजोर छन् । ‘तिनलाई विकासपथमा तीव्र गतिमा अघि लैजानु जरुरी छ, चुनौती पनि उत्तिकै छ,’ श्रेष्ठले भने, ‘त्यसका लागि योजना आयोगले एकीकृत शहरी विकास योजना ल्याउन हरेक स्थानीय तहलाई भनेको छ । त्यसपछि सडक, ढल, बिजुली, टेलिफोनजस्ता काम एकीकृत ढंगले हुनेछन । एउटा विकास गर्दा अर्को अवरुद्ध हुने वा भत्किने क्रम सकिनेछ ।’ प्रदेश १ मा एउटा महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिका छन् । राणाशासनकालमा धनकुटा बडाहाकिम कार्यालय थियो । यसैले तराईका केही भाग र इलामसम्मको प्रशासन हेर्थ्यो । विसं १९४२ पछि धनकुटा पूर्वका ३ अड्डाका अपिल सुन्ने केन्द्र बन्यो । पञ्चायतकालमा पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम अर्थात् १६ जिल्लाको प्रशासनिक केन्द्र बन्यो । विकासको गतिमा पहाड पनि लम्किँदै तराईका मात्र होइन, प्रदेश १ का पहाडी शहर पनि तीव्र गतिमा अघि बढिरहेका छन् । इलाम २०१५ मै नगरपालिका बने पनि पूर्वाधार र विकासमा पछाडि थियो । कृषि र पर्यटनका बलमा यसले विकासको अग्रता समाएको छ । यहाँ विमानस्थल, जैविक विविधतायुक्त पर्यटकीय स्थल, सभागृह निर्माण तीव्रतर गतिमा भइरहेको छ । विकासको गति समाएको अर्को शहर हो– धनकुटा । राणाशासनकालमा धनकुटा बडाहाकिम कार्यालय थियो । यसैले तराईका केही भाग र इलामसम्मको प्रशासन हेर्थ्यो । विसं १९४२ पछि धनकुटा पूर्वका ३ अड्डाका अपिल सुन्ने केन्द्र बन्यो । पञ्चायतकालमा पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम अर्थात् १६ जिल्लाको प्रशासनिक केन्द्र बन्यो । २०४६ को परिवर्तनपछि विकास क्षेत्रको अवधारणालाई कम महत्त्व दिएका कारण प्रशासनिक रूपमा यसको प्रभाव घट्न थाल्यो । नेपालको एकीकरण भएबाटै धनकुटा बनेर यहाँबाट प्रशासनिक, सामरिक र न्यायिक काम शुरू भएको इतिहासकार डा. गोपालबहादुर भट्टराईले जानकारी दिए । त्यहाँबाट यहाँ आइपुग्दा पछिल्लो छोटो समयमा यसले भौतिक विकासमा राम्रै फडको मारेको छ । तीव्र शहरीकरणमा अघि बढिरहेका शहरहरू  मोरङ : विराटनगर, रंगेली, उर्लाबारी, बेलबारी, विराटचोक, सलकपुर, लेटाङ, कटहरी, डायनियाँ, नयाँ बजार, कर्सिया, मिक्लाजुङ, पथरी, शनिश्चरे, झोराहाट सुनसरी : धरान, इटहरी, झुम्का, तरहरा, इनरुवा, चतरा, भरौल, दुहबी झापा : दमक, बिर्तामोड, काँकडभिट्टा, भद्रपुर, सुरुंगा, धुलाबारी, झिलझिले, गौरादह, गौरीगन्ज, चन्द्रगढी, चारआली, बुधबारे, शनिश्चरे धनकुटा : धनकुटा बजार, हिले, जितपुर, पाख्रिबास, लेगुवा, जोरपाटी, सिँधुवा, तित्रे, भेडेटार, डाँडाबजार, राजारानी, मौनाबुधुक, शुक्रबारे तेह्रथुम : वसन्तपुर, म्याङलुङ, जिरीखिम्ती, मोराहाङ, पोक्लाबाङ, संक्रान्ती, चुहानडाँडा, लसुने, शुक्रबारे संखुवासभा : खाँदबारी, चैनपुर, तुम्लिङटार, मुढेशनिश्चरे, किमाथांका, हटियागोला, बाना बजार, बाह्रबिसे, ताम्कु ताप्लेजुङ : फुङलिङ, दोभान, खाम्दिंगे, सिवा पाँचथर : फिदिम, यासोक, रवि, दुरदिम्बा, जोरपोखरी, थर्पु, पञ्चमी, अमरपुर, भालुचोक, काबेली, च्याङ्थापु, फलैंचा, ओयाम, मावा, आङना, चिसापानी, राँके, पौवाभन्ज्याङ, नवमीडाँडा इलाम : सदरमुकाम इलाम बजार, फिक्कल, मंगलबारे, देउराली, शुक्रबारे, माङसेबुङ, पशुपतिनगर, सप्तमी, कुटिडाँडा, जौबारी, आइतबारे उदयपुर : गाईघाट, बेलटार, कटारी, रामपुर, मुर्कुची ओखलढुंगा : रुम्जाटार, मानेभन्ज्याङ, रामपुर, खानीभन्ज्याङ, खिदी फलाँटे, घोराखोसी, ओखलढुंगा भोजपुर : भोजपुर, दिङ्ला, घोडेटार, तिवारीभन्ज्याङ, प्याउली, बालङखा, टक्सार खोटाङ : दिक्तेल, खोटाङ बजार, ऐंसेलुखर्क, बाक्सिला, बुइपा, मानेभन्ज्याङ, चिसापानी, सिमपानी सोलुखुम्बु : नाम्चे, सल्लेरी, लुक्ला, नेचा, पत्ताले

यूएफओको रहस्य : के पृथ्वी बाहिर पनि छुट्टै मानव अस्तित्व छ ?

त्यसपछि वैज्ञानिक समुदायका सबैजना यो कुरामा सहमत भए कि 'यदि हामीले अहिले मानवरहित यन्त्रहरु बनाउन सक्छौं भने पृथ्वीभन्दा बाहिर पनि कुनै विकसित सभ्यता हुन सक्छ ।' यही मान्यताले वैज्ञानिकलाई एउटै सूत्रमा बाँध्न थाल्यो ।

'जनयुद्ध'विरुद्ध जन्मिएको 'सशस्त्र प्रहरी'ले किन बनाउन थाल्यो दशैंमा लिङ्गे पिङ?

मुठभेडकै बिच एकाएक बलियो अस्तित्व लिएर जन्मिएको सशस्त्र प्रहरी बल 'जनयुद्ध'को शान्तिपूर्ण अवतरणसँगै अन्यौल र असमन्जस्यताको दोसाँधमा पुगेको थियो। शान्तिपूर्ण आन्दोलन सफल भएलगत्तै प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरे। माओवादीलाई नियन्त्रण र मुलुकको प्रतिरक्षाका लागि खटाइएको नेपाली सेना…

महिला कति प्रतिशत ?

मान्छेले जङ्गली अवस्थाबाट पहिलो चरणको सभ्यतामा प्रवेश गर्दा समूह बनाएर बस्न थाल्यो । त्यो समूहलाई कविला नामाकरण गरिएको छ । कविला युगमा आमा नै कविलाको नाइके, वंशको अधिकार तथा हर्ताकर्ता थिइन् । किन भने त्यो बेला सन्तानको बाबु टुङ्गो लाग्दैनथ्यो । तर आमा भने टुङ्गो नलाग्ने कुरा थिएन। यौनानन्दका कारणले पुरुषहरू महिलाका वरिपरि स्वाभाविक रूपले घुम्थे । महिलालाई खुसी पार्न प्रयत्न गर्थे । त्यसकारण त्यो समाजमा आमा नै देवी, आमा नै पालक, आमा नै जन्म दिने, कर्म दिने, पालनपोषण गर्ने र शक्तिशाली वंश दिने संस्था थियो । समाज विकासको त्यो प्रारम्भिक चरणमा आइपुग्दा मान्छेको सभ्यतामा महिलाको स्थान, उत्तरदायित्व, अधिकार र अस्तित्व, अस्मिता शतप्रतिशत थियो । त्यसैलाई मातृसत्तात्मक समाज भनिएको हो।

गाली-गलौजको राजनीति

मोहनविक्रम सिंह चौथो महाधिवेशनको आलोचना गर्दै झापाली गुट लेख्दछ : “यो गद्दार गुट गद्दार मनमोहन गुटको स्थान ओगटेर सिर्फ विनाशको उपकथा बन्नका लागि राजनीतिक रङ्गमञ्चमा उभिएको छ ।” (व.सं. अङ्क १, पृ. ४०) शम्भुरामले हाम्रा विषयमा भविष्यवाणी गर्दै भनेका थिए : उनीहरूको अस्तित्व ३ महिनाभित्र खतम हुनेछ । तर त्यसपछि ४ वर्षको लामो समय बितिसकेको छ । चौथो महाधिवेशनलाई “समीक्षा”ले अन्तिम दीपशिखा भनेको थियो । पुष्पलाल गुटले घोषणा गर्‍यो : “के. न्यू. तासको घर झैँ भत्कन थाल्यो” (नयाँ जनवाद, माघ २, २०३१) त्योभन्दा धेरै पहिले शम्भुरामले भविष्यवाणी गरेका थिए : “के.न्यू, ३ महिनाभन्दा बढी रहने छैन ।” अब उग्र“वामपन्थी”हरूले हाम्रो पार्टी र आन्दोलनलाई “सिर्फ विनाशको उपकथा” बताएका छन् । यसरी स्पष्ट छ कि हाम्रो अन्तय र विनाशको भविष्यवाणी गर्नेबारे दक्षिणपन्थीहरूमा सधैँ होडबाजी चल्दै आएको छ र अब झापाली गुट पनि त्यसमा सामेल भएको छ । तर यस प्रकारका भविष्यवाणीहरूले हाम्रो अन्त्य हुँदैन । खालि एउटै अवस्थामा नै हाम्रो अन्त्य हुन सक्दछ, त्यो अवस्था हो : हाम्रो क्रान्तिकारी चरित्रको ह्रास । जबसम्म हामी आफ्नो क्रान्तिकारी चरित्रप्रति इमान्दार, सच्चा र दृढ रहन्छौँ, दुनियाँको कुनै शक्तिले हामीलाई खतम पार्न सक्दैन । हाम्रो विरुद्धको भविष्यवाणीहरू गलत साबित हुँदै गए, किन ? किनभने उनीहरूमा त्यस प्रकारका भविष्यवाणीहरू हाम्रो चरित्रका सही अध्ययन र विश्लेषणमाथि आधारित थिएनन् । अब उनीहरूले के चाहन्छन् ? दक्षिणपन्थी र “वामपन्थी” अवसरवादीहरूका बिचमा जुनसुकै प्रकारले अन्तर किन नहोस् । तर उनीहरूका भविष्यवाणीबाट प्रस्ट हुन्छ कि उनीहरू यसबारे एकमत छन् : दुवैथरीले हाम्रो अन्त्य चाहन्छन् । आफ्ना मुखपत्रहरूमा उनीहरूले हामीलाई “संशोधनवादी गुट”, “क्रान्तिका शत्रु”, “प्रतिक्रान्तिकारी पार्टी”, “अन्तर्राष्ट्रिय केन्द्र सोभियत संशोधनवादलाई मानेर काम गर्ने तत्व”, “नेपालमा क्रान्तिलाई खतम पार्ने साम्राज्यवादी योजनाकै सहयोगी”, “अमेरिकी साम्राज्यवादकै मद्दतगार” आदि बताएका छन् । तर यो राजनीतिक आलोचना होइन । गालीगलौज हो । उनीहरूले राजा र काङ्ग्रेससम्मलाई एउटालाई अमेरिकी साम्राज्यवाद र अर्कालाई सोभियत सामाजिक साम्राज्यवादका दलाल बताएका छन् । उनीहरूले राजाका क्याम्पमा हुनेहरूलाई अमेरिकी, ...

कार्बन व्यापारमा जाँदैमा मुलुकलाई घाटा हुँदैन

विश्वमा जलवायु परिवर्तनको मुद्दा निकै चर्चामा छ । जलवायु परिवर्तनका कारण मानव तथा पृथ्वीको अस्तित्व नै कालान्तरसम्म रहँदैन भन्दै वातावरणविद्हरूले चिन्ता व्यक्त गर्दै आएका छन् । औद्योगिक विकास गर्ने धनी राष्ट्रहरूको जलवायु परिवर्तन गराउनुमा धेरै भूमिका रहेको तर यसको असर नेपाल जस्ता अल्पविकसित मुलुकले भोग्दै आएका छन् । वायुमण्डलमा कार्बन उत्सर्जनलाई कम गर्न वनविनाश र हैसियत बिग्रिएको वनको अभिवृद्धि, कार्बन उत्सर्जन कटौती, वन कार्बनको सञ्चिति अभिवृद्धि गर्न चाहने विकासोन्मुख राष्ट्रहरूलाई औद्योगिक राष्ट्रहरूले क्षतिपूर्ति एवं पुरस्कारस्वरूप आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्छ भन्ने मान्यता राखियो । यही मान्यताका आधारमा वनजंगलले सञ्चित गर्दै कार्बन व्यापारका कार्यक्रमहरू लागू हुन थाल्यो ।

नेपालीबीचको एकतामै नेपालको अस्तित्व दिगो हुनेछ

संविधान एउटा छ, नयाँ। त्यसको सहजताका साथ कार्यान्वयन हुन सकिरहेको छैन। संविधानसभाबाट संविधान बन्ने/बनाउने प्रतिबद्धता पूरा गर्न/गराउन राज्यलाई ६५ वर्ष लाग्यो। हुनत जुन  दिनदेखि संविधान बन्न थाल्यो, एउटा शक्ति संविधानसभा नै बन्न नदिन र निर्वाचित संविधानसभाबाट कुनै पनि हालतमा संविधान बन्न नदिन सक्रियताका साथ लागेको स्पष्ट...