कञ्चनपुरको कृष्णपुर नगरपालिकाका अति विपन्न २२१ जनाले रोजगार पाउने भएका छन् । फारम भरेका ९१२ मध्ये नगरपालिकाको रोजगार सेवा केन्द्रमा २२१ जना छनौट गरी वडामा पठाइएको रोजगार संयोजक रमेश भट्टले रातोपाटीलाई जानकारी दिए ।उनले छनौटमा परेकाको लिष्ट पठाएर प्राथमिक योजनाको स्टेटमेन्ट तयार गरी काममा लगाउने बताए । प्राथमिकिकरण योजना अन्तर्गत सडक, यातायात, खानेपानी, वन तथा वातावरण, पर्यटकीय क्षेत्रमा जाने रोड, सामुदायिक वनको लागत साझेदारी अनुसार वनमा भेसवायर जाली, पोखरी निर्माणजस्ता काम हुने उनले ब