निवर्तमान मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारले दियो धन्यवाद !

विराटनगर । प्रदेश  १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकार सञ्चालनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।  मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले सरकार सञ्चालनका क्रममा सहयोग गर्ने सम्बद्ध पक्षलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको हो ।  प्रदेश प्रमुखबाट नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएपछि बसेको मन्त्रिपरिषद् बैठकमा धन्यवाद ज्ञापनको प्रस्ताव गरिएको थियो । उक्त प्रस्ताव बमोजिम मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारलाई सहयोग गर्नेलाई धन्यवाद दिने निर्णय भएको प्रदेश सरकारका निवर्तमान प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए । प्रदेश नं. १ मा राजेन्द्रकुमार राई मिति २०७८ कात्तिक १६ गते...

सम्बन्धित सामग्री

प्रदेश १ का मुख्यमन्त्री राई प्रदेशसभा सदस्यमा निर्वाचित

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुर 'क' बाट निर्वाचित भएका छन् ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुरको प्रदेशसभा १ बाट निर्वाचित

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई भोजपुरको प्रदेशसभा १ बाट निर्वाचित भएका छन्। मुख्यमन्त्री राई नेकपा (एमाले)का हरिबहादुर राईलाई पराजित गर्दै प्रदेशसभामा निर्वाचित भएका हुन्। मुख्यमन्त्री राईले १६ हजार ११० मत ल्याएका छन्। निकटतम प्रतिद्वन्द्वी हरिबहादुरले १२ हजार २२३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेश १ को नाम किरात–सगरमाथा वा किरात–कोसी हुन सक्छः मुख्यमन्त्री राजेन्द्र राई

काठमाडौं, १३ असार । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण १० साउनभित्रै टुंग्याउने बताएका छन् । प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै मुख्यमन्त्री राईले भने, “प्रदेशको नाम यही बजेट अधिवेशनमा राखिसक्ने अधिकतम पहल गरेका छौं । हामी करिब करिब सहमतिको नजिक छौं । सम्भवतः […]

‘फुलबुट्टे सारी’ मा राजेश हमालसँगै प्रदेश १ का मुख्यमन्त्री राईको डान्स

विराटनगर : पछिल्लो समय योजना बेगरका सानातिना कार्यक्रममा गएको भन्दै आलोचना खेपिरहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई झापाको काँकडभिट्टामा शुक्रबार आयोजित ‘टिभिएस रेडर सप्तरंग सिजन–३ ’ महासाङ्गीतीक यात्रामा मुख्यमन्त्री सहभागी भए। गायिका मिलन नेवारले ‘फुल बुट्टे सारी’ बोलको गीत गाउँदै गर्दा कार्यक्रममा मुख्यमन्त्री राईले पनि नृत्य प्रस्तुत गरेका थिए। ‘स्वास्थ्य र समृद्घिका लागि’ भन्ने नारासहित सातवटै प्रदेशमा कन्सर्ट सुरू भएको  उक्त

प्रेमराजाको गीतमा छमछमी नाचे मुख्यमन्त्री राजेन्द्र राई

(बेलगाँडी) झापा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई शनिबार दिउँसो गायक प्रेमराजा महतको प्रत्यक्ष गायनमा छमछमी नाचे । मुख्यमन्त्री नै नाचेपछि कलाकारहरु पनि के कम । उनलाई नृत्यामा अभिनेता दीलिप रायमाझी, रमित ढुँगाना, अभिनेत्री केकी अधिकारी, वर्षा राउत, दीपाशा बिसी, गायिकाहरु रचना रिमाल, अस्मिता अधिकारी लगायत विभिन्न कलाकारले साथ दिए । अमेरिकाबाट सञ्चालित दुई […] The post प्रेमराजाको गीतमा छमछमी नाचे मुख्यमन्त्री राजेन्द्र राई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अन्तर्राष्ट्रिय सम्मेलनमा मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राई शनिबार किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन  राष्ट्रियसभा गृहमा सम्बोधन गर्दै  ।  तस्वीर, रासस

मुख्यमन्त्री राजेन्द्र राई भाइटीका लगाउन भोजपुर जाने

संखुवासभा : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राई शुक्रबार गृहजिल्ला भोजपुर आउने भएका छन्।मुख्यमन्त्री राई काठमाडौंबाट शुक्रबार बुद्ध एयरको विमानमा संखुवासभाको तुम्लिङटार विमानस्थल आउने उनका प्रमुख स्वकीय सचिव सन्दिप राईले जानकारी दिए।राई मुख्यमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आउन लागेका हुन्।उनले संखुवासभाका कार्यकर्तासँग भेटघाट सकेर शुक्रबार दिउँसो गृहजिल्ला भोजपुर जाने स्वकीय सचिव राईले बताए।मुख्यमन्त्री राई तिहार मनाउन गृहनगर षडानन्द नगरपालिका–११ भ्याउपोखरी आउन लागेका हुन्।

मुख्यमन्त्री राईको पहिलो निर्णय : भीम आचार्यको निर्णय खारेज

१६ कात्तिक, विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद बैठकले भीम आचार्य नेतृत्वको अघिल्लो सरकारले गरेको सबै निर्णय, नियुक्ति र सरुवा पुनरावलोकन र खारेज गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले एमाले नेतृत्वको अघिल्लो सरकार असंवैधानिक भन्दै उसले गरेका निर्णय एकमुस्ट खारेजीको प्रक्रिया अघि बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए […]