संखुवासभा : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राई शुक्रबार गृहजिल्ला भोजपुर आउने भएका छन्।मुख्यमन्त्री राई काठमाडौंबाट शुक्रबार बुद्ध एयरको विमानमा संखुवासभाको तुम्लिङटार विमानस्थल आउने उनका प्रमुख स्वकीय सचिव सन्दिप राईले जानकारी दिए।राई मुख्यमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आउन लागेका हुन्।उनले संखुवासभाका कार्यकर्तासँग भेटघाट सकेर शुक्रबार दिउँसो गृहजिल्ला भोजपुर जाने स्वकीय सचिव राईले बताए।मुख्यमन्त्री राई तिहार मनाउन गृहनगर षडानन्द नगरपालिका–११ भ्याउपोखरी आउन लागेका हुन्।