काठमाडौं,१२ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्मार्टकार्ड छपाइ र वितरण प्रभावकारी बनाउन तथा लापरवाही गर्नेको ठेक्का तोड्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएका छन् । बिहीबार बिहान सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्री दाहालले अनुमति पत्र जतिसक्दो चाँडो उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री दाहालले स्मार्टकार्ड छपाइमा […]
सार्वजनिक खरिद प्रक्रिया तथा ठेक्का व्यवस्थापनमा हाल विभिन्न समस्या देखा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)बाट निर्माण व्यवसायीले नेपालभर कुन कार्यालयमा ? कहिले ? कतिको ? कहिलेसम्म ? कस्तो प्रकृतिको ठेक्का सम्झौता गरेको हो ? भन्ने’boutमा एक कम्प्युटरीकृत प्रणाली स्थापना गर्ने र कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ । यसो गरेमा करेन्ट कन्ट्याक कमिन्टमेन्ट […]
The post खरिद प्रक्रिया, ठेक्का व्यवस्थापन र समाधानका उपाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवा प्रालिविरुद्ध जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दर्ता गरिएको छ । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले ठेकेदारको लापर्बाहीले सडक यात्रुको स्वास्थ्यमा खेलवाड भएको तथा यात्राका क्रममा दुर्घटना भई कयौँको अङ्गभङ्ग भएको जनाउँदै ठेकेदारविरुद्ध क्षतिपूर्ति मागसहित शुक्रबार कार्यालयमा उजुरी दिएका छन् । उजुरीमा निर्माण […]
४ फागुन, काठमाडौं । सडक डिभिजन कार्यालय बुटवलले काम सन्तोषजनक नभएका १२ वटा निर्माण कम्पनीसँग ठेक्का किन नतोड्ने भनेर स्पष्टीकरण सोधेको छ । बिहीबार सूचना प्रकाशित गर्दै सडक डिभिजनले ठेक्का तोड्न नपर्ने कारण भए १५ दिनभित्र पेस गर्न भनेको छ । विश्वसनीय स्पष्टीकरण र अबिलम्ब निर्माण सम्पन्न गर्ने यथेष्ट कार्ययोजनासहित कार्यालयमा उपस्थित हुन सडक डिभिजन […]
विराटनगर भन्सार कार्यालयमा कार्गो रेल चलाउन नेपाल इन्टरमोडल यातायात विकास समितिले तयारी थालेको छ । समितिले कार्गो रेल सञ्चालनको पूर्वाधार तयार गर्न टेण्डर आह्वान गरेको हो ।समितिले बुधबार विराटनगर एकीकृत भन्सार जाँच चौकी (आईसीपी)मा रेल र्याड र कन्टेनर यार्ड सञ्चालनका लागि पूर्वाधार निर्माणको ठेक्का आह्वान गरेको हो । समितिका कार्यकारी निर्देशक आषिस गजुरेलले ठेक्का आह्वान भएको बताए ।उनले विराटनगर भन्सारमा कार्गो रेलमार्फत सामान ढुवानी सुरू भएमा लोजिस्टिक कस्टमा उल्लेख्य गिरावट आउने बताए । गजुरेलले
पर्वतको जलजला गाउँपालिकाले बर्खायाममा पनि नदीजन्य पदार्थ उत्खनन् र निकासीका लागि ठेक्का लगाउने भएको छ । लामाखेतस्थित गाउँपालिकाको कार्यालयमा शनिबार अध्यक्ष यामबहादुर मल्लको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कालिगण्डकी नदीमा ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा (४) १३ बमोजिम ठेक्का लगाउने निर्णय गरेको हो । पछिल्लो पटक जारी भएको कार्यविधिअनुसार आठवटा बगरमा […]