भारतीय चर्चित योगगुरु बाबा रामदेवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । नेपालमा भोलि आफ्नो पतन्जली टेलिभिजन उद्घाटनका लागि आएका उनी प्रचण्ड भेट्न बिहीबार खुमलटार पुगेका हुन् ।
सो क्रममा उनले सीता दाहाललाई पनि भेटी स्वास्थ्य लाभको कामना गरेकी प्रचण्डपुत्री गंगा दाहालले जानकारी दिइन् । बाबा रामदेवसँगै आचार्य बालकृष्ण पनि खुमलटार पुगेका थिए ।