नेकपा माओवादी केन्द्रले भौगोलिक र गैरभौगोलिक गरी सवै प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रीत राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । फागुन चौथो सातामा बागमती प्रदेशबाट सुरु भएको सो पार्टीको प्रदेशस्तरीय प्रशिक्षण चैत ९ मा प्रवास समन्वय समितिमार्फत समापन भएको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । ढकालका अनुसार सातै प्रदेशमा अध्यक्ष प्रचण्डले दिएको प्रशिक्षणले माओवादी नेता कार्यकर्तामा नयाँ उर्जा प्रदान गरेको छ भने निर्वाचन नतिजामा उल्लेख्य सुधार हुने आँकलन पार्टीको